ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलाई शक्तिशाली राष्ट्रपति बन्न गजुरेल प्रस्ताव(भिडीयो सहित)


sharan sharan
१३ मंसिर २०७४, बुधबार   ७ : ५३   बजे

सुदुर पश्चिमको मान्छेले सभामुख चलावस्
सुदुर पुर्वको मान्छेले प्रधानमन्त्री पावस्
तराईको मान्छेले रक्षामन्त्री खावस्
चितवन जिल्लाले शक्तिशाली राष्ट्रपति चलावस्

चितवन,
पहिलो चरणको निर्वाचन सकिएसगै दल र नेताहरु दोस्रो चरणको निर्वाचनमा होमिएका छन्। निर्वाचनको परिणाम आउन १० दिन बढी बांकी रहेपनि गाउवेसीमा भने अब बन्ने सरकारको पद विभाजन सुरु भैसकेको छ । चितवनमा भएको एक चुनावी सभामा कलाकार मनोज गजुरेलले अब बन्ने सरकारको पद बाडे ।

कलाकार मनोज गजुरेलले चितवनलाई शक्तिशाली राष्ट्रपति दिंदै गर्दा चितवनवासीले ताली मात्र बजाएनन् प्रचण्डले जुंगा पनि मुसार्दै थिए । जनयुद्धकै बेलादेखि कार्यकारी राष्ट्रपतिको बहस गर्दै आएको माओवादी अध्यक्ष प्रचण्डलाई शक्तिशाली राष्ट्रपतिको कुरा गर्दा आफ्नो एजेण्डाले स्थान पाएको महशुस भएको अनुभूति गरिरहेका थिए । माओवादीले लगातार कार्यकारी राष्ट्रपतिको पक्षमा बहस गर्दै आएपनि संविधान निर्माणको क्रममा कार्यकारी राष्ट्रपतिको एजेण्डा स्थगन गरेको थियो । बाम गठबन्धनले आफ्नो घोषणापत्रमा कार्यकारी प्रमुखको विषयमा मौनता सा“धेपनि कलाकारहरुले चितवनमा शक्तिशाली राष्ट्रपतिको वकालत गरेका छन् । प्रचण्डले चितवनमा धेरै कुरा गरेनन् खाली आफुलाई प्रचण्ड बनाउने नै चितवन हो भन्दै चितवनको स्वार्थ आफ्नो पनि स्वार्थ भएको जिकीर गरे । उनले कलाकारहरुले भने जस्तै राष्ट्रिय एकतामा जोड दिएर आफुले मधेस र पहाडलाई जोड्नकै लागि रोल्पादेखि काठमाडौ र काठमाडौदेखि सिरहाको उम्मेदवार बनेको दाबी गरे ।
अध्यक्ष प्रचण्ड पहिलो संविधानसभामा निर्वाचनमा रोल्पाबाट र दोस्रोमा काठमाडौ र सिरहाबाट उम्मेदवार बनेका थिए । चितवनको सभामा अपेक्षाकृत छोटो भाषण गरेका प्रचण्डले कम्युनिष्टको ५० वर्ष शासन गर्ने विषयमा विपक्षहरुले आलोचना गरिरहेका बेला पहिलो ५ वर्षमा कम्युनिष्ट सरकारले राम्रो काम गरे ५० वर्ष नेपालमा कसैले कम्युनिष्टहरुलाई हराउन नसक्ने समेत प्रचण्डले बताए ।
कलाकरहरुले भने जस्तै राष्ट्रिय एकता कायम गर्न भोलिको बाम सरकारले सबैलाई समेटेर पद विभाजन गर्ला वा नगर्ला त्यो मंसिर २१ पछि नै थाहा होला । तर विगत दोहो¥याउंदै कमा र फुलस्टपको निहु“ बनाएर पार्टी विभाजन गर्ने काम भने कम्युनिष्टहरुले बन्द गर्नै पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group