काठमाडौ, १६ जेठ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा एकै दिन ७ हजार ३०० जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६५ हजार ३८६ पुगेको छ ।
योसँगै भारतले संक्रमणमा एसियाली मुलुकमा टर्कीलाई पनि उछिनेको छ । टर्कीमा संक्रमितको संख्या अहिलेसम्म १ लाख ६० हजार ९७९ छ । यस्तै भारतमा कोरोना भाइरसकै कारण एकै दिन १७७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ४ हजार ७११ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्