ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३२१ तह घोषणा : एमालेले ABC Exit Poll पूरा गर्दै १४३ सिट जित्यो


admin
२२ असार २०७४, बिहिबार   ६ : २७   बजे

काठमाडौं २२ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३२१ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ। एबीसी एक्जिट पोललाई यस अघि नै नेका र माओवादीले पूरा गरेका थिए भने एमालेले झापाको शिवसताक्षी नपा प्रमुख जितेर १४३ स्थानमा आफ्नो झण्डा फहराएको छ । एमालेका चन्द्रकुमार शेर्मा लिम्बु १४६८४ मत प्राप्त गरी बिजयी भएका छन् ।

उपमेयरमा पनि एमालेकै भोजकुमारी नेपाल १४९६० मतका साथ बिजयी भएकी छन् ।

मेयरमा कांग्रेसका निकटतम प्रतिद्वन्द्वी परशुराम ढुंगानाको ९८५६ मत छ भने उपमेयरमा कांग्रेसकी जयकुमारी चेम्जोङको ९३२४ मत प्राप्त भएको छ ।

झापाका १५ स्थानीय तहमध्ये अब मेची,दमक,अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको मत परिणाम आउन बाँकी छ ।

अहिलेसम्म एमालेले झपाका बिर्तामोड,भद्रपुर,कनकाइ र शिवसताक्षी नगरपालिका तथा कमल गाउँपालिका जितेर अग्रता लिएको छ । कांग्रेस र राप्रपाले बराबरी ३ । ३ स्थानीय तह जितेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ। अहिले ६ जिल्लाका १३ स्थानीय तहमा मतगणना जारी रहेको छ।

झापाका ३ स्थानीय तह, मोरङका २, सुनसरी दुई, उदयपुर दुई, रुपन्देही १, कञ्चनपुर दुई र कैलालीको एक स्थानीय तहमा मतगणना कार्य जारी रहेको छ। पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना कार्य स्थगित नरहेको आयोगले जनाएको छ।

अहिलेसम्मको मतगणनाअनुसार नेकपा एमाले १४३, नेपाली कांग्रेस ११८, नेकपा माओवादी केन्द्रले ३८ संघीय समाजवादी फोरम ७, नेपाल लोकतान्त्रिक फोरम ६, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार दुई स्थानमा स्थानीय तहको प्रमुख ।अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ।

दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन्। यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu