काठमाडौं, २१ जेठ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८२९ पुगेको छ। एकै दिन ८ हजार ८१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख नाघेको छ । बुधबार बिहान साढे ५ बजेसम्मको तथ्यांकानुसार २ लाख ७ हजार १८३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ लाख २८५ जना संक्रमणमुक्त भएका छन् ।
कोराना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्