ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरी, शसस्त्र र भारतीय एसएसबीको किन हुदै छ संयुक्त गस्ती ?


sharan sharan
१५ मंसिर २०७४, शुक्रबार   १ : २२   बजे

रौतहट, १५ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन ६ दिन बाँकी रहदा रौतहटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
निर्वाचनको समयमा कुनै अप्रिय घटना नहोस भन्ने उदेश्यले भारतसँग सीमा जोडिएको रौतहटमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले छुट्टाछुट्टै चेक प्वाइन्ट राखेर दर्जनौं स्थानमा सवारी साधन चेकजाँच गरिरहेका छन् भने सिमावर्ती क्षेत्रहरुमा पनि निगरानी बढाइएको छ ।
सशस्त्र सीमा सुरक्षा बल, रौतहटले २६ किलो मिटर लामो खुल्ला सीमानामा भारतीय सीमा सुरक्षा बल एसएसबीसँगको सहकार्यमा संयुक्त गस्ती शुरु गरेको छ ।

निर्वाचनका समयमा खुल्ला सिमानाका कारण अपराधिक क्रियाकलापहरु बढ्न सक्ने भन्दै संयुक्त रुपमा गस्ती बढाइएको सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलले बताए ।
नेपाल भारत सुरक्षा अधिकारीहरुबीच भएको छलफलका आधारमा निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्र कडाइ गरिएको उनले बताए ।

नेपाल–भारत सुरक्षा अधिकारीहरुबीच भएको वार्ता अनुसार भारतीय पक्षले पनि निर्वाचनका बेला सीमानाबाट आपराधिक गतिविधि हुन नदिन सहयोग गर्ने बताएका छन् ।
रौतहटको २६ किलोमिटरको भूभाग भारतको बिहारसँग जोडिएको छ । सो क्षेत्रबाट आपराधिक समूह तथा साना हतियारहरु नेपाल भित्रिन सक्ने सम्भावना बढी रहेको छ । आधाभन्दा बढी मतदान केन्द्रहरु संवेदनशील रहेको रौतहटमा खुल्ला सीमानाले थप सुरक्षा चुनौती थपेको सुरक्षा समितिले बताएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना गरी झण्डै ७ हजार सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group