ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्युजिल्याण्डमा २४ दिनपछि फेरि देखियो कोरोना


एबीसी न्यूज
२ असार २०७७, मंगलबार   १ : ३५   बजे

काठमाडौं, २ असार । न्युजिल्याण्डमा २४ दिनपछि फेरि दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएका दुई महिला बेलायतबाट आएका थिए।

बिरामी परेका अभिभावकलाई भेट्न उनीहरूलाई बेलायतबाट न्युजिल्याण्ड आउन विषेश अनुमति दिइएको थियो। उनीहरू जुन ७ मा बेलायतबाट दोहा, ब्रिसबेन हुँदै न्युजिल्याण्ड पुगेका थिए। उनीहरूलाई अकल्याण्डस्थित व्यवस्थित आइसोलेसन होटलमा राखिएको थियो। जुन १२ मा उनिहरूले वेलिङटनमा आफ्ना अभिभावकको मृत्यु भएको भन्दै अन्त्येष्टिमा जान सिफारिस मागेका थिए। जुन १३ मा उनीहरूलाई वेलिङटन जान दिइएको थियो।

अकल्याण्डबाट उनीहरू निजी गाडीमा वेलिङटन पुगेका थिए। उनीहरूले कुनै पनि सार्वजनिक सेवाहरूको प्रयोग नगरेको स्वास्थ्य विभागका महानिर्देशक डाक्टर एस्ली ब्लुमफिल्डले मंगलबार बताएका थिए।

ती महिलाहरूले भेटेको परिवारलाई समेत अहिले आइसोलेसनमा राखिसकेको छ। ती महिलाहरूको परीक्षणका लागि सोमबार स्वाब झिकिएको थियो भने मंगलबार संक्रमणको पुष्टि भएको महानिर्देशक ब्लुमफिल्डले जानकारी दिए।  गत सोमबार न्युजिल्याण्डले आफ्ना अन्तिम संक्रमितको उपचार गरेपछि कोरोनाभाइरबाट मुक्त भएको घोषणा गरेको थियो। तर सबै संक्रमितको उपचार भइसके पनि फेरि बाहिरबाट आउनेहरूमा संक्रमण हुन सक्ने भन्दै तयारी अवस्थामै बसेको थियो। प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले पनि न्युजिल्याण्डमा कोरोनाभाइरस संक्रमितको संख्या शून्यमा झरेसँगै त्यसको खुसियाली मनाएकी थिइन्।

अहिले न्युजिल्याण्डमा लकडाउन खोलिसकेको छ भने सामाजिक दूरी कायम गर्न अनिवार्य गरिएको छैन। साथै सार्वजनिक भेटघाटमा पनि कुनै संख्याको सीमा तोकिएको भने छैन। देशभित्र सबै सेवाहरू खुले पनि नाकाहरू भने खोलेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group