काठमाडौं, ६ असार । कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्मकै सर्वाधिक संक्रमित फेला परेका छन् ।
दैनिक संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको ब्राजिलमा शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५५ हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या ब्राजिलमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै सर्वाधिक हो । योसँगै ब्राजिलमा संक्रमितको संख्या १० लाख ३८ हजार ५६८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४९ हजार ९० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्