काठमाडौं, १० असार। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा एकै दिन १३ सय ६४ जनाको ज्यान गएको छ ।
वर्ल्डमिटरका अनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ हजार ७ सय ७१ पुगेकोछ । त्यसैगरी ब्राजिलमा एकै दिन ४० हजार १ सय ३१ कोरोना संक्रमित थपिएका छन् । यसरी कुल संक्रमितको संख्या ११ लाख ५१ हजार ४ सय ७९ पुगेको छ । संक्रमितमध्ये ६ लाख १३ हजार ३ सय ४५ जना उपचारपछि घर फर्केका छन् भने ४ लाख ८५ हजार ३ सय ६३ जनाले उपचार गराइरहेका छन् । जसमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भिर छ
प्रतिक्रिया दिनुहोस्