ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३६ औँ आसियान सम्मेलनद्वारा कोभिड–१९ विरूद्धको लडाईं र महामारीपछिको सुधारमा जोड


एबीसी न्यूज
१२ असार २०७७, शुक्रबार   ९ : २९   बजे


काठमाडौँ, १२ असार ।   दक्षिणपूर्वी एशियाली मुलुकहरूको संगठन (आसियान) को ३६औँ सम्मेलन शुक्रबार आरम्भ भएको छ ।

भियतनामको अध्यक्षतामा हुँदै गरेको यस सम्मेलनमा सदस्य राष्ट्रहरूबीचको थप सहकार्य, कोभिड–१९ विरूद्धको लडाईं र महामारीपछिको सुधार योजनाबारे छलफल गरिने बताइएको छ ।

भिडियो सम्मेलनलाई सम्बोधन गर्दै भियतनामी प्रधानमन्त्री ङ्युएन सुआन फुकले सम्मेलन ‘महामारीका कारण सिर्जित कठिनाईलाई व्यवस्थापन गर्न आसियन सदस्य राष्ट्रहरूबीच ‘फेरि एक पटक बलियो ऐक्यवद्धता, राजनीतिक इच्छाशक्ति तथा दृढता’ सहित अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री फुकले आसियन राष्ट्रहरूबीच अनुभव तथा सूचना आदानप्रदान हुँदै आएको चर्चा गर्दै वदलिँदो समयमा समूह राष्ट्रबीच लागि प्रभावकारीरूपमा सहकार्य गर्दै महामारी नियन्त्रणलगायत समग्र क्षेत्रको आर्थिक विकासका लागि थप सक्रिय बन्नुपर्ने बताउनुभयो । समूह राष्ट्रहरूबीच सहकार्य तथा एकीकरण लक्ष्य सम्पन्न गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने उहाँको धारणा रहेको छ ।

आसियन मुलुकहरूले आपसी लाभका लागि सधैँ साझेदारी गरिरहेको स्मरण गर्दै भन्नुभयो, “हामी आर्थिक उदारीकरण र समाकलनका लागि बृहत आर्थिक क्षेत्रीय साझेदारीलाई टुङ्गोमा पु¥याउन प्रयासमा प्रतिवद्ध रहनेछौँ ।”

‘संशक्तिशील तथा उत्तरदायी आसियन’ नारा दिइएको सम्मेलनले कोभिड–१९ प्रतिरोधका औषधिजन्य सामग्रीको आपूर्ति तथा भण्डारणका लागि कोषको व्यवस्था गर्ने तथा महामारीपछिका योजना तयारीबारे बृहत बहस गर्ने बताइएको छ ।

आसियन नेताहरूले ‘आसियन कम्युनिटी भिजन–२०२५’ अन्तर्गत ब्लुप्रिन्टहरूको कार्यान्वयनको मध्यावधी समीक्षा गर्दै आसियान बडापत्रको कार्यान्वयन मूल्याङ्कन गरी आसियान कार्यक्रमको क्षमतामा सुधार ल्याउने बताएका छन् ।

सन् १९६७ मा स्थापना भएको क्षेत्रीय संगठनमा ब्रुनेई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम सदस्य रहेका छन् ।

भियतनामको दा नाङमा अप्रिलमा सम्पन्न गर्नेगरी तय भएको ३६ औँ सम्मेलन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group