ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओबामाकेएर विरुद्ध सर्वोच्च अदालतमा ट्रम्प प्रशासनद्वारा निवेदन


एबीसी न्यूज
१२ असार २०७७, शुक्रबार   ९ : ३०   बजे


वासिङ्टन, १२ असार । कोरोनाभाइरसको महामारीकै बीचमा अमेरिकी ट्रम्प प्रशासनले बिहीबार ओबामाकेएरका नामले परिचित बीमा कार्यक्रम (एफोर्डेबल केएर एक्ट) खारेजीको अनुरोध गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

लकडाउनका कारण पाँच लाखभन्दा बढी मानिसले बिमाको प्रिमियम तिर्न नसकेको समाचार बाहिरिएकै दिन ट्रम्प प्रशासन सर्वोच्च अदालत पुगेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएदेखि नै यो कार्यक्रम खारेज गर्न पटकपटक प्रयास गर्नु भएको छ ।

ट्रम्प प्रशासनले तयार पारेको निवेदनमा कोरोनाभाइरसको बारेमा केही जिकिर गरिएको छैन ।

ट्रम्प प्रशासनको अनुरोधलाई सर्वोच्चले सदर गरेमा करिब दुई करोड अमेरिकी नागरिकको स्वास्थ्य बीमा समाप्त हुनेछ ।

रिपब्लीकन पार्टीकै बहुमत रहेको अवस्थामा पनि सन् २०१७ मा ओबामाकेएर खारेज गर्ने राष्ट्रपति ट्रम्पको प्रयास विफल भएपछि उहाँ कानुनी प्रक्रियामा लाग्नु भएको हो ।

ओबामाकेएर कानुनमा जटिल स्वास्थ्य अवस्था रहेका मानिसलाई पनि बीमा सुविधा उपलब्ध हुने सुनिश्चितता गरिएकाले यो कानुनी व्यवस्था प्रतिकूल निर्णय गर्न ट्रम्प प्रशासन र अदालतमाथि दबाब छ ।

तर राष्ट्रपति ट्रम्पले स्वास्थ्य प्रतिकूल भएका कुनै पनि अमेरिकीको स्वास्थ्य संरक्षण गरिने आश्वस्त पार्न खोज्नु भएको छ । राष्ट्रपतिको यो भनाईप्रति ह्वाइट हाउस वा रिपब्लीकन पार्टीले कुनै ठोस योजना भने अघि सार्न सकेका छैनन् ।

कोरोनाभाइरसका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर परेसँगै करिब दुई करोड ७० लाख मानिस बेरोजगार भएकाले पनि स्वास्थ्य बीमा कार्यक्रममा असर पर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group