काठमाडौं, १८ मंसिर । तीव्र चुनावी दौडधुप अधिक खटन र भेटघाटबाट लखतरान भैसक्दा पनि ६५ वर्षे पाका नेता युवाबयको जोशका साथ प्रस्तुत हुंदै थिए । कुराकानीका सुरुवातभन्दा पहिले नै अलिक थाकेको छनक दिने गरी भने आज मेरा आंखा अलिक थाकेजस्तो देखिएको छ । उनै नेता केपी शर्मा ओली जो ९ महिने प्रधानमन्त्रीकालमा चर्चाको शिखरमा पुगे । बोल्न हुन्न भन्नेहरुसंग पौंठेजोरी खेले । त्यसलाई सैद्धान्तिकृत गरिदिए । सम्भवत यो चुनावपछि ओली नै देशको बहुमतीय बामपन्थी सरकारको प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । ओलीसंग देश विकासका अनेका श्रृंखला र मोडेलहरुको चाङ नै चाङ छ । त्यसलाई उनले अनेक ढंगले जनतालाई बुझाउने कोशिश गरिरहेका छन् । चुनावको रथ उनले एक्लै धान्नु पर्ने बाध्यता आइलाग्यो । सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई पुत्रशोक परेपछि प्रचण्ड त्यति धेरै सभामा जान सकेनन् । विरामी भनिएका ओली नै सबैभन्दा बढी दौडनु प-यो ।
अन्तर्वाता सुरु गर्नुभन्दा पहिले सहयोगीले औषधी खानु पर्ने सम्झाउंदा हामीले जस्तै अहिले एक घण्टा पछि खाएपनि हुन्छ भन्दै बेमतलव जनाएर राजनीतिक मिशन र अन्तर्वार्ताको महत्वलाई स्पष्ट गरेका थिए ।
एबीसीमा ओलीको लाइभ अन्तर्वार्ता यस वर्षकै ह्याट्रिक हो । यस अघि बैशाख २८ गते झण्डै डेढ घण्टा, भदौ २७ गते करिब सबवा घण्टा एबीसी स्टुडियोमा नै लाइभ अन्तर्वार्ता भएको थियो । यसपटक ओली संवाद झण्डै दुई घण्टा भयो । शायद यो ओलीको आफ्नै राजनीतिक जीवनकालमा र एबीसीकासन्दर्भमा पनि नयां रेकर्ड हो ।
ओलीले निर्वाचन आयोगको निकम्मापनप्रति रोष प्रकट गरे । आफ्नो सीमा र मर्यादा सम्झेर राजनीतिक नेताहरुप्रति व्यवाहार गर्न समेत सचेत गराए । ओलीले अलिक बढ्तै निर्वाचन आयोगले पत्रिकामा विज्ञापन छापिएको बारेमा सोधिएको २४ घण्टे पत्रप्रति आक्रोश व्यक्त गरे । उनले भने ‘जो लोकतन्त्रका लागि लामो जेल, नेल, दमन र याताना भोगेर आएका छौं, हाम्रा बारेमा प्रश्न उठाउने ? ‘
माओवादीसंग पार्टी एकता गर्ने उद्धेश्यका साथ चुनावमा होमिएपछि ओली झन विश्वभर चर्चाको विषय बनेकै थिए । देशभित्रका विरोधीहरुको निदहराम गरिदिएको छ बाम एकताले । कांग्रेस केही नारा नपाएर अधिनायकबादको दुन्दुभी बजाएर हिंड्न बाध्य भएको छ । यसपटक ओलीले बडो मार्मिक ढंगले बाम एकताको मकसद व्याख्या गरे । माओवादी र एमालेको एकता प्रचण्ड र ओलीको व्यवस्थापनका लागि होइन । ‘हाम्रो के व्यवस्थापन गर्ने ? पार्टीको अध्यक्ष भइरहेकै छौं , देशको प्रधानमन्त्री बनिसक्यौं । नाफाको जिन्दगी जियका हामीहरुको व्यवस्थापनको कुनै प्रश्न नै छैन । हाम्रो चिन्ता माओवादी आन्दोलनका क्रममा भएका घाइते, अपांग, जसको शरिरमा गोलीका छर्रा छन्, एकल जिवन विताउन बाध्य भएका छन् तिनको व्यवस्थापनमा छ ।’ गरिब दुखी जनताको मुहार बदल्ने व्यवस्थापन गर्नु छ ।’ ओलीले अगाडि भने ‘दुई पार्टी मिल्ने भनेपछि दुवै जना अध्यक्ष त भइंदैन ? यो हामी कसैको दबाबले नभएर हाम्रो रहर र जिम्मेवारीबोधका कारणले गरेका हौं । ‘
यो अन्तर्वार्ता र प्रचण्डसंगको अन्तर्वाता आज राती ९ बजेपनि प्रसारण हुनेछ । तपाईं पनि हेर्ने प्रयास गर्नुहोला ।
प्रतिक्रिया दिनुहोस्