काठमाडौं, १६ असार । कोरोना भाइरसको महामारीले ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा २९ हजार ३१३ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १३ लाख ४५ हजार २५४ पुगेको हो । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ५७ हजार ६५८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५५५ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७ लाख ३३ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ५३ हजार ७४८ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्