जुलाई ६, टोकियो । शुक्रबारदेखि लगातार परेको भारी वर्षाका कारण जापानमा १६ जनाको मृत्यु भएको छ ।
जापानको दक्षिणी क्षेत्र कुमामोतो प्रिफेक्चरमा भारी वर्षा पछि आएको बाढी पहिरोका कारण १६ जनाको मृत्यु भएको हो । त्यस्तै बाढी पहिरोमा परी १३ जना वेपत्ता भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।
वर्षा नरोकिएको र उद्वार कार्य जारी रहेकाले अझै एकिङ विवरण आउन नसकेको बताइएको छ । वर्षाका कारण त्यस क्षेत्रका ११ स्थानहरुमा नदीको सतह ह्वात्तै बढेर गएको छ । बाढी वस्तीमा पसेको र घरहरु बगाएकोले थप क्षेती हुने अनुमान समेत गरिएको छ ।
मौसमविदहरुले यस्तै खाले भारी वर्षा मंगलबार सम्म हुने अनुमान गरेका छन् । दक्षिणी भेग कुमामोतो संगै सोमबार र मंगलबार पश्चिम र पूर्वी जापानमा पनि भारी वर्षा हुने भएकोले उच्च सतर्कता अपनाउन मौसमबिदहरुले आग्रह गरेका छन् ।
अहिले जापानको टोकियो लगाएतका शिकोकु, क्युस्यु, कान्साई किनी, होकिरुकु, चिगोकु क्षेत्रमा भारी वर्षा भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्