काठमाडौं, २६ असार । बोलेभियाकी राष्ट्रपति, जीनिन अएजेकोे कोरोनाभाइरस कोभिड १९ पोजेटिभ देखिएको छ ।
गत नोभेम्बरमा बोलिभियाको पहिलो आदिवासी राष्ट्रपतिको रुपमा उनले आफ्नो कार्यवाहक समालेकी थिइन् ।
तर उनको यो कोरोना संक्रमणले बोलीवियाको तनावपूर्ण राजनीतिक अवस्थालाई अझ जटिल बनाउने अनमान भइसकेको छ ।ब्राजिलका राष्ट्रपति जैयर बोल्सनोरोले संक्रमणको खुलासा पछि उनी कोरोना सक्रमण हने राष्ट्रपति मध्ये उनी दास्रो बनेकी छन ।
बोलिभियाका स्वास्थ्य मन्त्री, केन्द्रीय बैंकका प्रमुख र राष्ट्रपति कार्यालयका प्रशासन प्रमुखलाई पनि कोरोनाभाइरसको संक्रमण भएको यसअघि नै पहिचान गरिएको थियो ।
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड २३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड २२ लाख २० हजार १ सय ६६ पुगेको हो ।
त्यस्तै मृतकको संख्या ५ लाख ५७ हजार ३ सय बढी छ । हालसम्म ६६ लाख ९६ हजार ६ सय ३२ जना संक्रमणमुक्त भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्