ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् जोखिममा परेकाको उद्धार, राहत र पुन:स्थापन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


एबीसी न्यूज
२७ असार २०७७, शनिबार   ७ : ५१   बजे

काठमाडौं, २७ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा प्राकृतिक विपद् जोखिममा परेका व्यक्तिको उद्धार, राहत, तथा पुनस्र्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै विपद्जन्य घटनाबाट क्षति न्यूनीकरण गर्ने भरपर्दो उपाय अवलम्बन गर्नसमेत सम्बद्ध निकायलाई आग्रह गर्नुभयो ।

परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राहत सामग्रीलाई व्यवस्थित गर्दै प्रभावितसम्म पु¥याउन र उद्धारकको मनोबल बढाउने गरी काम गर्न परिषद्का सदस्यहरुलाई निर्देशन दिनुभएको परिषद्का सदस्यसचिव तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले अविरल वर्षापछि आएको बाढी र पहिराका कारण मुलुकका विभिन्न क्षेत्र प्रभावित भएको र नागरिकले समस्या भोगिरहेका तर्फ ध्यानाकर्षण गराउँदै राहत र उद्धार कार्य चुस्त बनाउन निर्देश गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले घटना भएको समयमा तत्कालै हेलिकप्टर नपुग्नसक्नेतर्फ इङ्कित गर्दै पहिले नै सम्भावित जोखिम क्षेत्रको नजीक राहत सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “राहत तथा उद्धारमा कुनै कमजोरी नहोस्, सामग्रीहरु जिल्लामा थुप्रिने अवस्था नरहोस्, तत्काल प्रभावितहरुले प्राप्त गर्न सकून्”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पोखरेलले भन्नुभयो ।

विपद्को राहत, उद्धार तथा आवश्यक व्यवस्थापकीय कार्यमा सरकारले आर्थिक अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले आवश्यक आर्थिक व्यवस्थापनमा कमी हुन नदिन अर्थमन्त्री डा युवराज खतिवडालाई दिर्नेशन दिनुभएको छ । उहाँले बाढी–पहिराका कारण अवागमनमा समस्या परेको क्षेत्रमा वैकल्पिक मार्ग वा बेलिब्रिज निर्माण गरी सञ्चालन गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको पोखरेलले बताउनुभयो ।

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपद् व्यवस्थापनमा हाल भइरहेको कामको सराहना गर्दै जोखिम न्यूनीकरण तथा नागरिकको जीउधनको सुरक्षाका लागि दीर्घकालीन रणनीति निर्माण गरी लागू गर्न सुझाव दिनुभयो । उहाँले प्रभावित व्यक्तिहरुको उद्धार, राहत तथा आश्रयस्थलको व्यवस्थापन चुस्त पार्नसमेत आग्रह गर्नुभएको पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले विपद् व्यवस्थापन कार्यअन्तर्गत हालसम भए गरेका गतिविधि र जोखिम क्षेत्रको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो भने गृहसचिव महेश्वर न्यौपानेले हाल मनसुनजन्य विपद्पछि गृहमन्त्रालयले राहत तथा खोज उद्धारमा गरिएका कामकारवाहीका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्रीको अध्यक्षता रहने उक्त परिषद्मा नेपाल सरकारका सबै मन्त्रीहरु, प्रतिनिधिसभाका विपक्षी दलका नेता, प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति र मन्त्रालयका सचिव, तीनजना मनोनीत व्यक्ति सदस्य रहने प्रावधान छ । प्राधिकरणका प्रमुख भने परिषद्को सदस्यसचिव हुनुहुन्छ । आजको बैठकमा आमन्त्रित रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवको समेत सहभागिता थियो ।

गत बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढी–पहिरामा परेर मुलुकका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको छ । अहिले सरकारले राहत तथा उद्धार कार्य जारी राखेको छ । बेपत्ता भएका व्यक्तिको खोजीमा सबै सुरक्षा अङ्ग परिचालन गरिएको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी बस्तीका अनुसार बिहीबार र शुक्रबार मुलुकका विभिन्न क्षेत्रमा गएको बाढी–पहिरामा परेर ४४ जनाको मृत्यु भएको र ३६ भन्दा बढी अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group