ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौन अवधिमा सामाजिक संजालबाट मत माग्न नपाइने


sharan sharan
१९ मंसिर २०७४, मंगलबार   ९ : २२   बजे

चितवन, १९ मंसिर। मौन अवधि र मतदानका दिन पालना गर्नुपर्ने आचरण र नियमका विषयमा जानकारी दिँदै केन्द्रीय अनुगमन कर्ताहरुले मौन अवधिमा फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाटसमेत मत माग्न र चुनाव प्रचार गर्न निर्वाचन आयोगले रोक लगाएको बताएका छन्। त्यसो गरेको भेटिएमा कारबाही हुने आयोगले खटाएका अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार हुने मतदानका लागि प्रचार प्रसार कार्य सोमबार मध्यरातबाट सकिएको छ । मौन अवधि भनिने यो समयमा उम्मेदवार र पार्टीहरुले प्रचार प्रसार गर्नै पाउँदैनन् ।


मौन अवधिमा उम्मेदवार र पार्टीले मात्रै हैन अरुले पनि मत माग्न पाउँदैनन् । फेसबुक, ट्विटर, भाइबर जस्ता सामाजिक सञ्जालबाट समेत यो समयमा मत माग्न नपाइने अधिकारीहरुले चेतावनी दिएका छन् । निर्वाचन आयोगले अनुगमनका लागि जिल्ला जिल्लामा टोलीसमेत खटाएको छ । चितवनमा मंसिर सात गते नै केन्द्रीय अनुगमन टोली आएर अनुगमन गरिरहेको छ ।‘मौन अवधिमा सामाजिक सञ्जाल र मोबाइल फोनको एसएमएसबाट मत मागे, चुनाव प्रचार गरे एक लाख रुपैयाँसम्म जरिवाना र सम्बन्धित उम्मेदवारको उम्मेदवारी खारेजसम्म हुने कानुनी प्रवधान छ,’ निर्वाचन आयोगले चितवनका लागि खटाएको केन्द्रीय अनुगमन समितिका टोली प्रमुख सह–न्यायाधिवक्ता उद्धबप्रसाद पुडासैनीले सोमबार साँझ चितवन जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकार सम्मेलनमा जानाकारी   दिए ।

टोलीका अर्का प्रमुख सह–सचिव रामकृष्ण सुवेदीले उल्लंघनका घटना भए सुचना दिन मतदाता र सर्वसाधरणलाई आग्रह गरेका छन् । ‘हामी पनि खटिरहेका छौं । सुक्षम अनुगमनका लागि अर्को टोली पनि आएको छ । मौन अवधिमा गर्न नपाइने कामहरु कहि कतै भएको रहेछ भने हामीले रोक्ने छौं । ‘मिडियाबाट मात्रै नभएर मोबाइलको एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमका सामाजिक सञ्जालमार्फत् पनि मत माग्न र निर्वाचनको प्रचार प्रसार गर्न पाइँदैन’ टोली प्रमुख उद्धवप्रसाद पुडासैनीले भने । बिहीबार हुने मतदानको दिन पनि मतदाता, उम्मेदवार र पत्रकार र पर्यवेक्षकहरुले पनि विभिन्न नियमहरु पालना गर्नुपर्ने हुन्छ ।

मतदानका दिन मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन चिन्ह वा संकेत नभएको पहिरन, परिचयपत्र र व्याज मात्र प्रयोग गर्नुपर्ने हुन्छ । मतदानका दिन कुनै पनि खालका गाडी प्रयोग गरेर मतदातालाई ल्याउन लैजना पाइँदैन । तर शारीरिकरुपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताका लागि मतदान अधिकृतले तोकेको सवारी साधन प्रयोग गर्न सकिने छ ।
‘मौन अवधि भनेको एक प्रकारले अघोषित कफ्र्यु जस्तै हो । भेला भएर मत माग्न वा निर्वाचन विरोध कुनै पनि खालका काम गर्न पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group