ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौन अवधि : मत माग्न र प्रचार प्रसार गर्न पाइँदैन


admin
१९ मंसिर २०७४, मंगलबार   ९ : ०५   बजे

काठमाडौं । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि कुनै पनि चुनावी गतिविधि गर्न नपाइने व्यवस्था अनुरुप मौन अवधि सुरु भएको हो । मौन अवधिमा मत माग्न र प्रचार प्रसार गर्न समेत पाइदैन ।

दोस्रो चरणमा प्रतिनिधी र प्रदेशसभाको निर्वाचन हुने ४५ जिल्लामा राजनितिक दल तथा उम्मेदवारले मतदातासंग मत माग्ने र चुनावी प्रचार प्रसारको गर्ने अवधि सोमाबार मध्यरातीबाट समँप्त हुदैछ । मंसिर २१ गते हुने निर्वाचनलाई लक्ष्ँित गरेर सोमबार मध्य रातिदेखि मौन अवधि सुरु हुने भएको हो । मौन अवधिमा निर्वाचन नसकिएसम्म राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्ता, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले चुनावी प्रचारप्रसार गर्न नपिँइने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनावको प्रचारप्रसार गर्न पाइने छैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।

दोस्रो चरण अन्तरगत ४५ जिल्लामा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा १ हजार ६ सय ६३ तथा प्रदेश सभामा २ हजार ८ सय १९ उम्मेवार चुनावी मैदानमा छन । यस चरणमा प्रतिनिधिसभाका लागि १ सय २८ र प्रदेशसभाका लागि २ सय ५६ सांसद चुनिने छन् । निर्वाचनमा १ करोड २२ लाख भन्दा बढि मतदाताले भाग लिदैंछन् । यस्तै १५ हजार ३ सय ४४ मतदान केन्द्रमा ७ देखि ९ जनाको दरले १ लाख ५५ हजार कर्मचारीे खटाएको आयोगले जनाएको छ ।

२१ गते बिहिबार ७ बजे देखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान हुने दिन भन्दा ४८ घण्टा अघि मौनअवधि रहने कानुनी व्यवस्थाको कारण सोमबार १२ बजे देखि प्रचार प्रसारमा रोक लगाइएको हो ।

मौनअवधिमा उमेद्वार आफैले वा अरु कसैले पनि प्रचार प्रसार गर्न नलगाएको पाइएमा समेत कारवाही हुने आयोगले जनाएको छ । मौन अवधिमा आचारसंहिता उल्लंघन गरेमा मनोनयन समेत रद्द हुन सक्ने कानुनी प्रावधान रहेको छ । मौन अबधीमा मतदाताले सबै राजनितिक दल, उम्मेद्वारको समिक्षा गरी कसलाई मत दिने भन्ने निर्णय गर्ने समय भएकोले समेत मौन अवधिमा प्रचार प्रचारमा रोक लगाइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group