ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाखको हाराहारीमा


एबीसी न्यूज
३१ असार २०७७, बुधबार   ६ : ५५   बजे

काठमाडौं, ३१ असार । बङ्गलादेशमा मङ्गलबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाखको नजिक पुगेको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये आधाभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा बङ्गलादेशमा थप तीन हजार १६३ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसीमा सुल्तानाले ढाकामा मङ्गलबार नियमित पत्रकार भेटमा भन्नुभयो, “देशभरी गत २४ घण्टामा तीन हजार १६३ जना सङ्क्रमित बनेका र ३३ सङ्क्रमितको मृत्यु भएकोे छ ।” विगत २४ घण्टाभित्र निको भई घर फर्किनेको सङ्ख्या चार हजार ९१० रहेको र अहिलेसम्म कूल सङ्क्रमितमध्ये एक लाख तीन हजार २२७ जना निको भई घर फर्किएका उहाँले बताउनुभयो । यसरी हेर्दा बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या ५४।३१ प्रतिशत रहेको छ । उहाँले भन्नुभयो, “मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख ९० हजार ५७ रहेको छ भने मृत्यु सङ्ख्या दुई हजार ४२४ रहेको छ ।”

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित विरामीको मृत्युदर १।२८ प्रतिशत रहेको उहाँले बताउनुभयो । बङ्गलादेशमा विगत २४ घण्टामा शङ्कास्पद १३ हजार ४५३ नमूना परीक्षण गरिएको थियो । अहिलेसम्मको तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या जुलाई २ मा चार हजार १९ रहेको र सबैभन्दा बढी मृत्यु सङ्ख्या जुन ३० मा ६४ व्यक्ति रहेको सुल्तानाले पुष्टि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu