ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख नाघ्यो : मृतकको संख्या ६ लाख पुग्यो


एबीसी न्यूज
३ श्रावण २०७७, शनिबार   ६ : ४१   बजे

काठमाडौं, ३ असार ।   विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४२ लाख ३० हजार ७८९ पुगेको छ । यस्तै, कोरोनाबाटै मृत्यु हुनेको संख्या पनि ६ लाख ३०६ हजार ३६९ पुगेको छ । हालसम्म ८८ लाख १ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । जसमा अमेरिकामा मात्रै ७५ हजार भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ लाख ७० हजार १२ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ४२ हजार ६४ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा हालसम्म २० लाख ४८ हजार ६९७ जना संक्रमित हुँदा ७७ हजार ९३२ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १० लाख ४० हजार ४५७ संक्रमित हुँदा २६ हजार २८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३५ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । रुसमा ७ लाख ५९ हजार २०३ संक्रमित हुँदा १२ हजार १२३ जनाको मृत्यु भएको छ । पेरुमा ३ लाख ४५ हजार ५३७ जना संक्रमित हुँदा १२ हजार ७९९ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ३ लाख ३७ हजार ५९४ जना संक्रमित हुँदा ४ हजार ८०४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ३ लाख ३१ हजार २९८ जना संक्रमित हुँदा ३८ हजार ३१० को मृत्यु भएको छ । चिलीमा ३ लाख २६ हजार ५३९ संक्रमित हुँदा ८ हजार ३४७ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख ७ हजार ३३५ पुगेको छ भने २८ हजार ४२० जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४५ हजार २३३ जनाको मृत्यु भएको छ भने २ लाख ९३ हजार २३९ जना संक्रमित रहेका छन् ।

यता, इरानमा २ लाख ६९ हजार ४४० जना संक्रमित हँदा १३ हजार ७९१ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ५९ हजार ९९९ संक्रमित हुँदा ५ हजार ४७५ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ४५ हजार ८५१ हजार संक्रमित हुँदा २ हजार ४०७ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४३ हजार ९६७ पुग्दा ३५ हजार २८ जनाको मृत्यु भएको छ ।

टर्कीमा २ लाख १७ हजार ७९९ संक्रमित हुँदा ५ हजार ४५८ को ज्यान गएको छ । जर्मनीमा २ लाख २ हजार ३४५ जना संक्रमित हुँदा ९ हजार १६० जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म १ लाख ९९ हजार ३५७ संक्रमित हुँदा २ हजार ५४७ को मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७४ हजार ६७४ हुँदा ३० हजार १५२ जनाको मृत्यु भएको छ ।

चीनमा पछिल्लो २४ घण्टामा २२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ६४४ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा २३ हजार ४७३ जना संक्रमित हुँदा ९८५ जनाको ज्यान गएको छ ।  नेपालमा भने अहिलेसम्म  थप ५७ जना नयाँ कोरोना संक्रमित थपिँदा १ सय ३ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार भएको ३ हजार ३ सय ३१ वटा पीसीआर परीक्षणमा ५७ जनामा पोजेटिभ देखिएको हो । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ८ सय २५ जना संक्रमित उपचाररत रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा ७९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ४४, बागमती प्रदेशमा ४ सय ११ र गण्डकी प्रदेशमा ४ सय ८ जना उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ४ सय १४, कर्णाली प्रदेशमा ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ५२ जना संक्रमित उपचाररत रहेका छन् । नेपाल कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्दा निको हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ । अहिलेसम्म पीसीआर विधिबाट ३ लाख ११ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको छ । देशभरी २३ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu