काठमाडौं, २२ साउन । भारत गुजरातमा कोरोनाका बिरामी राखिएको अस्पतालमा आगो लाग्दा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको छ ।
गुजरातको अहमदाबाद शहरको नवरंगपुर इलाकामा रहेको कोरोना सङ्क्रमित राखिएको अस्पतालमा आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राति ३ बजेतिर लागेको आगो एक घण्टामै निभाइए पनि ८ जनाको भने ज्यान गएको खबरमा उल्लेख छ ।
आगो लागेपछि त्यहाँ रहेका ४० जना बिरामीलाई एसपीवी अस्पताल सारिएको छ । अस्पतालमा रहेका सबै जना कोरोना सङ्क्रमित हुन् । उद्धारमा खटिएका सबैजनालाई क्वरेण्टीनमा राखिएको छ । मुख्यमन्त्री विजय रुपाणीले घटनाबारे तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ । विद्युत सर्ट भएर आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्