ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस भ्याक्सिन १२ अगस्टमा औपचारिक रुपमा दर्ता हुने


एबीसी न्यूज
२४ श्रावण २०७७, शनिबार   १० : ५९   बजे

काठमाडौं, २४ साउन ।  चीन, बेलायत र अमेरिकासहित अन्य देश पनि सम्भावित भ्याक्सिन निर्माणका लागि जुटिरहेका छन् ।  रुसको गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरस भ्याक्सिन १२ अगस्टमा औपचारिक रुपमा दर्ता हुने भएको छ ।

रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले अगामी बुधबार भ्याक्सिन दर्ता हुन लागेको खुलासा गरेका हुन् । ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइनेछ ।

गत साता स्वास्थ मन्त्री मिखाइल मुरास्र्कोले अक्टुबरदेखि देशव्यापी सामुहिक भ्याक्सिन कार्यक्रम सुरु गर्ने योजना बनाइएको बताएका थिए । मुरास्र्कोले यसका लागि सबै खर्च सरकारले व्यहार्ने पनि जानकारी गराएका थिए ।

रुसी सञ्चारमाध्यम आरटीकाअनुसार शुक्रबार बिहान ग्रिडनेभले भ्याक्सिनको अहिले अन्तिम चरण अर्थात् तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको बताएका छन् । यो परीक्षण अति महत्वपूर्ण भएको पनि उनले बताए ।

१८ जुनमा मस्कोस्थित सेचेनोभ विश्वविद्यालयमा भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु भएको थियो । ३८ स्वयंम्सेवक सहभागी भएको अध्ययनमा यसले सुरक्षा प्रोटोकल पूरा गरेको रुसको दाबी छ । रुसका अनुसार क्लिनिकल ट्रायलमा सहभागी सबैमा संक्रमणविरुद्ध इम्युनिटी विकास भएको थियो ।

रुसले तिव्र गतिमा भ्याक्सिन निर्माण गर्न सफल हुँदा पश्चिमा देशका केही व्यक्तिहरुको आँखीभैं ठाडो भएको पनि आरटीमा प्रकाशित समाचारमा उल्लेख छ ।

यता, यसअघि भ्याक्सिन निर्माणबारे प्रतिक्रिया दिदैं विश्व स्वास्थ संगठनले हतार नगर्न चेतावनी दिएको थियो । प्रक्रियासम्मत रुपमा भ्याक्सिन निर्माणलाई निरन्तर दिनुपर्ने र यसमा हतार गर्न नहुने डब्ल्युुएचओले जनाएको थियो ।

चीन, बेलायत र अमेरिकासहित अन्य देश पनि सम्भावित भ्याक्सिन निर्माणका लागि जुटिरहेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार गर्ने भ्याक्सिन, चीनको सिनोफार्म र अमेरिकाको मोडर्ना कम्पनीले तयार गर्न लागेको भ्याक्सिन परीक्षणको अन्तिम अर्थात् तेस्रो चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

अमेरिका र इरानको अवसरको अनौठो क्षण

अमेरिकी बमबारीपछि इरानको प्रतिकारात्मक आक्रमण, बहराइन, कुवेत, ओमान र जोर्डनमा अमेरिकी सैन्य अड्डा लक्षित भएको दाबी

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव फेरि चुलियो, सैन्य आक्रमण तीव्र

थाइल्याण्डको एक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

इरानमामाथि अमेरिकी आक्रमण जारी, हर्मुज क्षेत्रमा तनाव झन बल्झिंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu