ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ह्वाइटहाउसबाट गोली चलेपछि ट्रम्पलाई सुरक्षा एजेन्टले पत्रकार सम्मेलनबाट बाहिर निकाले


एबीसी न्यूज
२७ श्रावण २०७७, मंगलबार   ७ : १४   बजे

काठमाडौं, २७ साउन । ह्वाइटहाउसबाहिर गोली चलेपछि ट्रम्पलाई सुरक्षा एजेन्टले पत्रकार सम्मेलनबाट बाहिर निकालेका छन् । कोरोना भाइरसबारेको पत्रकार सम्मेलनमा बोल्दा बोल्दै सुरक्षा एजेन्टको सुझावमा ट्रम्पले पोडियम छाडेका हुन् ।

केहीबेरपछि पुन पत्रकार सम्मेलनमा फर्केका ट्रम्पले स्थीति नियन्त्रणमा आइसकेको बताएका छन् । उनले प्रभावकारी काम गरेकोमा सुरक्षा एजेन्टलाई धन्यवाद दिएका छन् भने गोली चल्दा एकजना व्यक्ति घाइते भएकाले अस्पताल लगिएको समेत जानकारी दिएका छन् ।

ती व्यक्तिलाई ह्वाइटहाउसका सुरक्षाकर्मीहरुले गोली हानेको जनाइएको छ । ती व्यक्तिलाई किन गोली हानियो र उनको अवस्था के छ भन्नेबारे आफूलाई थाहा नभएको ट्रम्पले बताएका छन् ।

ट्रम्पलाई सुरक्षाकर्मीहरुले ओभल अफिसभन्दा बाहिरमात्र निकालेको तर बंकरभित्र ट्रम्प बोल्दाबोल्दै सुरक्षा एजेन्टले तत्काल बाहिर निस्कनुपर्ने बताएपछि ट्रम्प वाक्य पुरा नगरिकनै बाहिरिएका थिए ।

‘हामी यहाँबाट बाहिर निस्कदैछौं’ – सुरक्षा एजेन्टले ट्रम्प बोल्दाबोल्दै भने । ट्रम्पले नबुझेर सोधेका छन् – ‘एक्सक्युज मी रु’

त्यसपछि एजेन्टले भनेको सुन्न सकिन्छ – ‘बाहिर निस्कनुस् ।’

‘ओह’ यति भन्दै ट्रम्पले तुरुन्तै पोडियम छाडेका थिए । सेभेन्टिन्थ र पेन्सिलभेनिया एभिन्यु नर्थवेष्टको कर्नरमा गोली चलेको जनाइएको छ । गोली चलाउने व्यक्तिलाई हिराशतमा लिइसकिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

सम्बन्धित

आर्कटिकमा खतरनाक खेल

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

भारतको सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu