ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ महिनामै ५ हजार ८ सय अमेरिकीहरुले नागरिकता त्यागे किन त्यागे नागरिकता कारण यस्तो


एबीसी न्यूज
२८ श्रावण २०७७, बुधबार   ७ : २३   बजे

एजेन्सी । आइतबार प्रकाशित एउटा नयाँ रिसर्चमा अमेरिकी नागरिकता छाड्ने मानिसहरुको उच्च सङ्ख्याले नयाँ रेकर्ड बनाएको पाइएको छ । यसमा २०२० को पहिलो ६ महिनामै ५,८०० अमेरिकीहरुले नागरिकता त्याग गरेको पत्ता लागेको हो । यसरी तुलनात्मक रुपमा अघिल्लो वर्ष भरमा २,०९२ अमेरिकीहरुले नागरिकता छाडेका थिए जसकारण पनि यो सालको तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा उच्च भएको न्युयोर्कस्थित बेमब्रिज अकाउन्टेन्टले जानकारी दिएको हो ।

सो फर्मले अमेरिकी सरकारद्वारा प्रकाशित प्रत्येक तीन महिनाको सार्वजनिक डाटा अध्ययन गर्दै आएको थियो जसमा नागरिकता त्याग गरेका सबै अमेरिकीहरुको नामसहितको विवरण समावेश हुन्छ । यसमा नागरिकता त्याग्ने प्रायः मानिसहरु, केही समय अगाडि नै दिक्क भएर अमेरिका छाडी गइसकेको र औपचारिक रुपमा नागरिकता बुझाएको पाइएको सीएनएनमा प्रकाशित समाचारमा उल्लेख छ ।

उनीहरु विशेषगरी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्बन्धी अहिले भइरहेका विभिन्न घटनालाई लिएर चिन्तित रहेको अनि महामारी नियन्त्रणमा अमेरिकाको प्रयाससँग पनि असन्तुष्ट भएकाले नागरिकता त्याग गरेको बेमब्रिज अकाउन्टेन्टस्मा पार्टनर रहेका एलिस्टर बेमब्रिज बताउँछन् । यसरी राजनीतिक माहोलका कारण पनि पछिल्लो समय धेरै मानिसहरु अमेरिकाबाट बाहिरिने क्रम बढेको बताइएको छ ।

नागरिकता छाडेका अधिकांश मानिसहरुले अमेरिकाको पछिल्लो वातावरणसँग आफूहरु खुसी नभएको र यस बाहेकको अर्को मुख्य कारण चाहिँ कर तिर्ने सम्बन्धी विषय भएको बेमब्रिजले जनाएको छ । किनकि विदेशमा बसे पनि अमेरिकी नागरिकहरुले हरेक वर्ष कर तिर्नैपर्ने हुन्छ ।

यसरी अमेरिकी नागरिकता त्याग गर्न चाहनेहरुले विदेशमा भएपनि व्यक्तिगत रुपमा अमेरिकी दूतावासमा उपस्थित भइ यसका लागि ३,३५० डलर शुल्क तिर्नुपर्ने हुन्छ ।  यसरी नागरिकता बुझाउनुका अनगिन्ती जोखिम भएपनि यो ट्रेन्ड अब केही वर्षसम्म बढिरहने बेमब्रिजले बताएको हो । यसमा धेरै मानिसहरु आगामी नोभेम्बरमा हुने निर्वाचनको पर्खाइमा पनि रहेको बताइएको छ । चुनावको नतिजाले धेरै मानिसहरुको निर्णयलाई प्रभाव पार्ने निश्चित रहेको रिपोर्टमा उल्लेख छ ।

सीएनएन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

सम्बन्धित

आर्कटिकमा खतरनाक खेल

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

भारतको सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu