काठमाडौं, ९ भदौ। भारत महाराष्ट्रमा पाँच तले भवन भत्किँदा झण्डै ९० जना पुरिएका छन् । एक जनाको ज्यान गएको छ ।
हिजो बेलुकी महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पुरिएकामध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भने ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।महाड शहर दक्षिण मुम्बईबाट १ सय ८० किलोमिटरको दूरीमा पर्छ । अहिले पुरिएकाहरुको उद्धारको काम चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्