ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको अलाबामा विश्वविद्यालयका १२ सय बढी विद्यार्थीमा कोरोना संक्रमण


ABC NEWS
१४ भदौ २०७७, आइतबार   ८ : १२   बजे

शनिबार विहानसम्म अमेरिकाको अलाबामा विश्वविद्यालयका १२ सय बढी विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ । विश्वविद्यालयमा काम गर्ने कम्तीमा १ सय ६६ जनामा पनि संक्रमण पुष्टी भएको छ ।

विश्वविद्यालयले यसैसाता कोभिड १९ ट्रयाक गर्ने ड्यासबोर्ड सार्वजनिक गरेयता संक्रमण पुष्टी हुनेहरुको संख्या दोब्बर भएको छ । ड्यासबोर्डमा संक्रमण दर, कुल संक्रमण, आइसोलेसन अकुपेन्सी लगायतका विवरणहरु उल्लेख गरिएको छ ।

अलाबामा विश्वविद्यालयका अध्यक्षले कोरोनाको संक्रमण यसरी बढ्नु अस्वीकार्य भएको र यसले क्याम्पसमा आगामी सेमेस्टरहरु पूरा गर्नमा समस्या उत्पन्न हुनसक्ने बताएका छन् । हालैका दिनहरुमा उक्त युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालय आसपासका बारहरुमा मान्छेहरुका भींडभाडका तस्वीरहरु सामाजिक सञ्जालमा हालेका थिए ।

त्यहाँका मेयरले अगस्त २४ देखि सेप्टेम्बर ८ सम्म बारहरु बन्द गर्नका लागि कार्यकारी आदेश दिइसकेका छन् । अहिलेसम्म अलाबामामा कोरोना संक्रमणबाट २ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने १ लाख १३ हजारभन्दा धेरैमा संक्रमण भइसकेको छ ।

खासगरी अनलाइन क्याम्पस संचालन गरिरहेका विश्वविद्यालयहरुमा कोरोना संक्रमणदर कम भएपनि भौतिक रुपमा कक्षामा उपस्थीत हुनुपर्ने व्यवस्था गरेका युनिभर्सिटीहरुमा कोरोना संक्रमणदर बढेको देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुम्बासीको मुद्दामा जरुरी प्रस्तावमाथि छलफल

देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना

सम्बन्धित

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu