काठमाडौं, १५ भदौ । अदालत तथा न्यायाधीशहरुको अवहेलनाको मुद्दामा भारतको सर्वोच्च अदालतले त्यहाँका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणलाई १ रुपिँया जरिवाना तिर्न लगाएको छ। भारतीय संचारमाध्यमका अनुसार उनले आगामी सेप्टेम्बर १५ सम्ममा जरिवाना नतिरे ३ महिनाको जेल सजाय हुनेछ।
साथै उनलाई ३ वर्षसम्म मुद्दा लड्न नदिने पनि अदालतको आदेशमा भनिएको छ। भूषणले अदालत र प्रधानन्यायाधीशमाथि गरेको टिप्पणीलाई त्यहाँको अदालतले अभद्र करार गरेको हो। अदालतले उनका भनाइहरु अदालत र न्यायाधीशहरुमाथिको अवहेलना भएको बताएको छ। अदालतले पहिले यस विषयमा माफी माग्न भनेको थियो। तर उनले माफी नमागेपछि उनलाई सजाय स्वरुप एक रुपिँया तिर्न भनिएको हो। १५ सेप्टेम्बरसम्म जरिवाना नतिरे भूषणलाई ३ महिना जेल सजाय हुनेछ भने उनले ३ वर्ष मुद्दा लड्न पाउनेछैनन् । फैसला सुनाउँदै सर्वोच्च अदालतले अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन नसकिने भए पनि अरुको अधिकारको पनि सम्मान गर्न आवश्यक रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्