काठमाडौं, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षको उमेरमा भारतको आर्मी रिसर्च एण्ड रिफ्रल अस्पतालमा सोमबार मुखर्जीको निधन भएको हो । प्रणव मुखर्जी कोरोना भाइरस पोजेटिभ समेत देखिएको थियो । प्रणब मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति हुनु भएको थियो । उहा“लाई सन् २०१९ मा भारत रत्न सम्मान समेत हुनु भएको थियो । ब्रेन सर्जरीपछि उनी केही समयदेखि अस्पतालमा भर्ना हुनु भएको थियो ।
झन्डै पा“च दशक भारतीय कांग्रेसमा रहेर सक्रिय राजनीति गरेका मुखर्र्जी सात पटक सांसदमा निर्वाचित हुनुभएको थियो । राजनीतिमा आउनुअघि उहा“ले शिक्षण र पत्रकारिता पेसा गर्नुभएको थियो । मुखर्जी सन् १९६९ मा राज्यसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपछि लगातार उनी चारपटक राज्यसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सन् २००४ मा भने पश्चिम बंगालको जांगीपुर क्षेत्रबाट उहा“ लोकसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सन् २००९ मा त्यसै क्षेत्रबाट उहा“ पुनः निर्वाचित हुनुभएको थियो । मुखर्जी सन् १९७२ मा इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्री बन्नु भएको थियो ।
उहा“ले अर्थ, वाणिज्य, विदेश तथा रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्र्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बन्नुभएको थियो । पूर्व राष्ट्रपति प्रणब मुखर्जी नेपालका पनि अन्यन्त नजिकका शुभचिन्तक हुनुहुन्थ्यो ।
यस्तैबीच भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले मुखर्जीको दुःखद् निधनबाट आफू मर्माहत भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार तथा व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । उहा“को निधनबाट नेपालले एक असल मित्र गुमाएको समेत राष्ट्रपति भण्डारीले उल्लेख गर्नु भएको छ
प्रतिक्रिया दिनुहोस्