ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो मृत्युलाई लाइभ गर्ने फ्रान्सेली नागरिक कोकको अन्तिम इच्छा फेसबुकद्वारा अस्वीकार


एबीसी न्यूज
२१ भदौ २०७७, आइतबार   २ : ४०   बजे


एजेन्सी ,आफ्नो मृत्युलाई फेसबुकमार्फत लाइभ गर्ने फ्रान्सेली नागरिक अलाइन कोकको अन्तिम इच्छा पूरा नहुने भएको छ । ५७ वर्षीय कोक उपचार हुनै नसक्ने समस्याबाट प्रताडित छन् ।

धमिनीहरुको भित्ता एकअर्कामा टाँस्सिने दुर्लभ समस्या कोकमा देखिएको छ । कोकले यसअघि फ्रान्सेली राष्ट्रपति इम्मानुयल म्याक्रो समक्ष इच्छा मृत्युको आग्रह गरेका थिए । आफ्नो आग्रह अस्वीकार भएपछि उनले खाना, पानी र औषधि लिन छाडेका छन् । कोको बुझाईमा उनीसँग अब बाँच्नका लागि एक साताभन्दा कम समय छ । त्यसैले, उनले शनिबार बिहानदेखि आफ्नो मृत्युको लाइभ प्रशारण थाल्ने अन्तिम इच्छा जाहेर गरेका थिए । ‘स्वतन्त्रताको यो बाटो सुरु भएको छ र विश्वास गर्नुस्, म खुसी छु,’ उनले फेसबुकमा लेखेका छन् । यसअघि उनले आफ्नो फेसबुक पोस्टमा जीवनको अन्तिम भोजन गरेको उल्लेख गरेका थिए । ‘मलाई थाहा छ, आगामी दिनहरु कठिन हुनेछन्, तर मैले निर्णय लिइसकेको छु र म खुसी छु,’ उनले थपेका छन् ।

फेसबुकले यसबारे प्रतिक्रिया दिँदै कोकको भिडियो लाइभ नगर्ने जनाएको छ । ‘आफ्नो कठिन प्रश्नबारे सबैको ध्यान खिच्न चाहने कोकको निर्णयको हामी स्वागत गर्छौ । तर विज्ञहरुसँगको सल्लाहपछि हामीले उनको एकाउन्टबाट लाइभ गर्न नमिल्ने व्यवस्था मिलाएका छौं,’ फेसबुकका प्रवक्ताले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीसँग भनेका छन्,‘ हाम्रो नियमअनुसार आत्महत्याको प्रयासलाई देखाउन मिल्दैन ।’

समर्थकहरुसँग आग्रह

शनिबार कोकले नयाँ भिडियो प्रशारण गर्ने प्रयास गरिरहेको जानकारी दिएका थिए । ‘फेसबुकले ८ सेप्टेम्बरसम्म मेरो भिडियो प्रशारण बन्द गर्दैछ । अब यो तपाईहरुमै छ,’ समर्थकहरुका नाममा जारी गरेको म्यासेजमा उनले फेसबुकको फ्रान्सको ठेगाना उल्लेख लेखेका छन्,‘वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने उनीहरुको पद्धतिलाई तपाईँ के भन्नुहुन्छ ।’

कोकले यसअघि राष्ट्रपति म्याक्रोलाई चिट्ठी लेखेर आफूलाई शान्तसँग मर्नसक्नेगरी कुनै औषधि उपलब्ध गराइदिन भनेका थिए । जवाफमा म्याक्रोले फ्रान्सेली कानुनअनुसार यस्तो अनुमति नभएको जानकारी दिएका थिए ।

फ्रान्सका प्राणघातक बिरामीहरुको अवस्थाबारे सरोकारवालाको ध्यानाकर्षण गराउन कोकले आफ्नो परिस्थितीको प्रयोग गरेका छन्, उनी चाहन्छन् त्यस्ता बिरामीले इच्छा मृत्युवरण गर्न पाउनुपर्छ ।

यस्तो छ म्याक्रोको चिट्ठी

‘किनकी म कानूनभन्दा माथि छैन । म तपाईंको आग्रहलाई स्वीकार्न असमर्थ छु,’ म्याक्रोले लेखेको चिट्ठीमा उल्लेख छ । यो चिट्ठी कोकले आफ्नो फेसबुक पेजमा सेयर गरेका छन्,‘म कसैलाई पनि हाम्रो अहिलेको कानूनी बाटोबाट बाहिर जान भन्न सक्दिनँ । तपाईंको आग्रह मृत्युवरणका लागि सक्रिय सहयोग होस् भन्ने हो, हाम्रो देशमा अहिले यसको अनुमति छैन ।’ कोकले दीर्घकालीन रुपमा कानून परिवर्तनको एउटा कदमका रुपमा आफ्नो संघर्षको सम्झना गरिने आशा व्यक्त गरेका छन् ।

फ्रान्समा इच्छा मृत्यु विवादास्पद मुद्दाका रुपमा रहिआएको छ । २००८ मा ट्राफिक दुर्घटनामा परेपछि हलचल गर्न नसक्ने अवस्थामा पुगेका भिसेन्ट लाम्बर्टको गत वर्ष जुुलाईमा मृत्यु भएयता यो मुद्दा थप पेचिलो बनेको छ, लामो कानूनी लडाँईपछि डाक्टरहरुले बाध्य भएर उनको लाइफ सर्पोट हटाइदिएका थिए । यो घटनाले लाम्बर्टको परिवार र पुरै देशमा विभाजन निम्त्याएको थियो । लाम्बर्टका बाबु–आमाले उनलाई बचाउन हर सम्भव प्रयास गरेका थिए । यता, उनकी श्रीमती र भतिजाले मर्ने अनुमति दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मेस्सीको कथा: एक आप्रवासी जो अर्जेन्टिनाको मुटु र विश्व फुटबलको पहिचान बने

आर्कटिकमा खतरनाक खेल

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

भारतको सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu