ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४५ वर्षपछि सीमा क्षेत्रमा दुबैतर्फबाट फायरिङ :तीनवटै शुरक्षा निकायसहित भारतीय रक्षामन्त्रीको इमेर्जेन्सी बैठक


एबीसी न्यूज
२३ भदौ २०७७, मंगलबार   २ : १८   बजे

काठमाडौं, २३ भदौ ।  भारत– चीन सीमा क्षेत्रमा गएराति फायरिङ भएपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज इमेरजेन्सी बैठक बोलाएका छन् । भारतीय सेना प्रमुख एमएम नरवानेले सीमा क्षेत्रको वास्तविक अवस्थाबारेमा बिहान जानकारी गराएपछि रक्षामन्त्री सिंहले आपतकालिन बैठक बोलाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इमेरजेन्सी बैठकमा रक्षामन्त्री सिंहले सिडिएस एवं पूर्व सेना प्रमुख बिपिन रावत र तीनवटै सेनाका प्रमुखसँग चीनसँगको सीमा क्षेत्रमा भइरहेका क्रियाकलाप र अबको रणनीतिका विषयमा केन्द्रित रहेर छलफल गर्नेछन् । भारतीय सेनाले गएरातिको घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गरेर चिनियाँ सेनाले सुरुमा फायरिङ गरेको र त्यसको जवाफ दिइएको जनाएको छ । विज्ञप्तिमा चीनले आफूहरुलाई उत्तेजनामा ल्याउनका लागि उत्तेजक गतिविधि गरिरहेको उल्लेख गरिएको छ ।

चिनियाँ जनमुक्ति सेनाले भने भारतीय आरोपको खण्डन गर्दै भारतले एकतर्फी फायरिङ गरेको जनाएको छ । भारत–चीन सीमा क्षेत्र पूर्वी लद्दाखको अवस्था असामान्य बनेको छ । गएराति दुबैतर्फबाट फायरिङ भएको छ । दुबै देशले युद्धका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । सन् १९७५ पछि पहिलो पटक दुई देशको सीमा क्षेत्रमा फायरिङ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पूर्वी लद्दाखको दक्षिणी पेङ्गोंग इलाकामा गएराति दुबैतर्फबाट फायरिङ भएको थियो । लगातार सीमा क्षेत्रमा तनाब बढेपछि गएराति भारतीय सेनाको तर्फबाट सुरुवाती फायरिङ भएको थियो । भारतीय सञ्चारमाध्यमले चिनियाँ सैनिकले पनि फायरिङ गरेको जनाएका छन् । सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक फायरिङ भएसँगै दुबै देशका सेनाले युद्धका लागि तयारी गरेका छन् । आफ्नो शक्ति सीमा क्षेत्रमा खटाएका छन् ।

चीनको नियन्त्रणमा रहेका काला टप र हेल्मेट टपसमेत रहेका केही क्षेत्र भारतीय सैनिकले नियन्त्रणमा लिएपछि पछिल्लो विवाद उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

जोर्डनमा दुई अमेरिकी सैनिक मारिएपछि अमेरिकाद्वारा इरानमाथि जवाफी प्रहार

मेस्सीको कथा: एक आप्रवासी जो अर्जेन्टिनाको मुटु र विश्व फुटबलको पहिचान बने

विश्वकपमा गोल वर्षा : फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्डले जित्यो कांस्य पदक, साकाको ह्याट्रिक र एमबाप्पेको कीर्तिमान एउटै खेलमा

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu