ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय राजदूत फेर्नुपर्छ -विश्वेश्वर प्रसाद कोइराला


ABC NEWS
२५ भदौ २०७७, बिहिबार   १२ : ०४   बजे

 

पत्रकार साथीहरु,
अभिभादन ! मलाई भारतको विरोधी भनेर व्यर्थमा बद्नाम गरिंदैछ । भारतको संग्राममा भाग लिएको कारण बेलायती सरकारले मलाई पाँच वर्षसम्म जेलमा थुनेको यथार्थ कसैले पनि भुल्नु हँुदैन । र नेपाल स्थित वर्तमान भारतीय राजदूतको क्षोभ उन्पन्न गर्ने किसिमको नीतिको कारण नै भारतप्रति नेपाली जनताको सद्भावना समाप्त भएको छ । वास्तविकता यही हो । तसर्थ वर्तमान भारतीय राजदूतलाई हटाएर उनको ठाउँमा भारत र नेपालबीच मित्रता कायम गर्न सक्ने व्यक्तिलाई उनका ठाउँमा पठाउनु आवश्यक छ ।
साथीहरु, भारत र नेपालबीच मित्रता कायम हुनु आवश्यक छ र त्यो कायम हुन्छ । तर त्यसका लागि भारतले कुनै नयाँ व्यक्तिलाई राजदूत बनाएर काठमाडौँ पठाउनु नै पर्दछ ।
नेपालमा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको छ । तर त्यस्तो प्रतिबन्धको कुनै अर्थ छैन । उनीहरुले अर्को नामबाट आफ्नो काम संचालन गर्न सुरु गरिसकेका छन् । कम्युनिष्टको गतिविधि हुन नदिन र उनीहरुले स्थापना गर्न खोजेको साम्यवाद आउन नदिनका लागि जनताको गरिबी हटाउन सक्ने आर्थिक सुधारको कार्यक्रम लागू गर्नु आवश्यक हुन्छ । खासमा, गरिबीले नै जनतामाझ असन्तोषको विउ राप्ने गर्दछ ।
के.आई. सिंह हालै जेलबाट भागेको तपार्इंहरुले थाहा पाउनुभएकै हुनुपर्दछ । वास्तवमा कुरामुक्त गर्ने तयारी भइरहेको बेला उनले त्इसरी भाग्ने कोसिस गर्नु निरर्थक थियो । हालै काठमाडौँ भएको विद्रोह पछि उनी चीनको तिब्बततर्फ भागेका छन् । उनलाई तिब्बत जान दिनु नोपलको गल्ती हो ।
म अब नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्षको बारेमा केही बताउन चाहन्छु । नेपालको प्रधानमन्त्री र नेपाली कांग्रेसको अध्यक्ष दुवै पदमा एउटै व्यक्ति रहनु हँुदैन भन्ने मेरो मान्यता छ । अब म नेपाली कांग्रेसको अध्यक्ष पदको चुनावमा लड्दैछु । नेपालको प्रधानमन्त्री बन्ने मेरो चाहना छैन भन्ने यसैबाट प्रस्ट हुन्छ । यसबेला नेपाली कांग्रेसभित्र दुईवटा विचारधारा बीच संघर्ष चलिरहेको छ । एउटा विचारधाराका व्यक्तिहरु वर्तमान आर्थिक एवं सामाजिक अवस्थामा सुधार ल्याउन चाहंदैनन् । अर्को विचारधाराका व्यक्तिहरुको दृष्टिकोण त्यस्तो परिवर्तन नल्याई नेपालमा आन्तरिक शान्ति र सुव्यवस्था स्थापना हुनै सक्दैन भन्ने छ ।
धन्यवाद, १० फागुन २००८
(विश्वेश्वर प्रसाद कोइराला प्रतिनिधि संकलनबाट, प्रधानसम्पादक प्रदीप गिरि)
एकजना राजदूतका कारण पनि दुई देशबीचको सम्वन्ध कतिसम्म विग्रंदो रहेछ भन्ने कुरा बीपी कोइरालाको यो लेखबाट बुझ्न सघाउ पुग्ने देखेर हामीले यहाँ दिएका हौं । बीपी कोइरालाको १०७ औ जन्मजयन्तीका सन्दर्भमा एबीसी टेलिभिजन र नेपालपेजडटकमले ४ दिने विशेष अभियान चलाइरहेको छ । –प्रधानसम्पादक

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group