ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र चीन सीमा क्षेत्रको गतिरोध छिट्टै अन्त्य गर्न सहमत


एबीसी न्यूज
२६ भदौ २०७७, शुक्रबार   १२ : ३२   बजे

काठमाडौं, २६ भदौ  । भारत र चीन सीमा क्षेत्रमा देखिएको गतिरोध छिट्टै अन्त्य गर्न सहमत भएका छन् । सीमा क्षेत्रमा देखिएको विवादमा दुबै राष्ट्रले एक अर्काको भूमी मिचेको र सैन्यबल एक अर्काको भूमीमा अनाधिकृत रुपमा प्रवेश गरेको आरोप लगाउँदै आएको छ ।

‘लाइन अफ एक्चुअल कन्ट्रोल’मा दुबै देशका सेना भिड्दा गत् जुन महिनामा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।
दुबै राष्ट्रका विदेश मन्त्रीबीच बिहीबार भएको भेटघाटको क्रममा यस प्रकारको सहमती भएको बीबीसीले उल्लेख गरेको छ । संयुक्त वक्तब्यमा दुबै छिमेकी राष्ट्रले ‘सीमा क्षेत्रको वर्तमान परिस्थिति दुबै पक्षको चासोमा नभएको’ उल्लेख गरेको छ ।

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकर र उहाँको चिनियाँ समकक्षी वाङ यीले जारी गर्नुभएको संयुक्त वक्तब्यमा भनिएको छ, “सीमा क्षेत्रका दुबैतर्फका सैन्य बलले छलफल गरेर निश्चित दूरी कायम गर्ने दिशामा अबिलम्ब पहल गरेर तनाब कम गर्ने सहमती भएको छ ।” भारतीय र चिनियाँ विदेश मन्त्री हाल रुसको मस्कोमा हुनुहुन्छ ।

वक्तब्यमा शान्ती कायम राख्न नयाँ उपाय तथा मापदण्डहरु शिघ्र अभ्यास गर्ने उल्लेख गरिने जनाइएको छ । यद्दपी अभ्यासबारे थप खुलाइएको छैन् । गत् मंगलबार मात्रै चीनले भारतीय सेनाले अनाधिकृत रुपमा सीमाभित्र प्रवेश गरेर बन्दूक चलाएर उक्साउने गतिबिधि गरेको दाबी गरेपछि दुई देशबीचको तनाब थप बढेको थियो ।

भारतीय पक्षले भने सीमा पार गरेर हवाई फायर गरेको भन्दै चिनियाँ पक्षले बारम्बार सम्झौता उल्लंघन गरिरहेको दाबी गरेको थियो ।
त्अघिल्लो दिन भारतीय सेनाले चिनियाँ अधिकारीहरुलाई सीमा क्षेत्रका पाँच जना भारतीय नागरिकलाई चिनियाँ सेनाले बन्धक बनाएको रिपोर्ट गरेको थियो । चीनले लगत्तै भारतीय एक जना मन्त्रीसँग सम्पर्क गरी हराइरहेका पाँच जना भारतीय सम्पर्कमा रहेको र हस्तान्तरणको व्यवस्था गरिरहेको सुनिश्चित गरेका थिए ।

द्युबै देशबीच तीन हजार ४४० किलोमिटरको सीमा जोडिएको छ । सीमा क्षेत्रमा नदी, ताल र हिमको ढिक्काको अवस्थितिले ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ बारे दुबै देशको आ आफ्नै बुझइ रहेको छ। विश्वका दुई ठूला सैन्य शक्तिका सिपाहीको सीमा क्षेत्रको विभिन्न स्थानमा जम्काभेट हुँदै आएको छ ।

भारतले चीनले आफ्नो ३८ हजार वर्गकिलोमिटर क्षेत्रफल कब्जा गरेको आरोप लगाउँदै लद्दाख क्षेत्रमा हजारौंको संख्यामा सेना परिचालन गरेको आरोप लगाउँदै आएको छ । चीनले भने उक्त आरोपको खारेज गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu