ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९सँग संघर्षका ५२ घण्टा


एबीसी न्यूज
९ आश्विन २०७७, शुक्रबार   १ : ०८   बजे

हुनत अझै कति समय समयले परिक्षा लिन्छ, त्यो दिन हामी मानसिक रुपमा तयार नै छौं । र, पनि मानिसको मन न हो एकपटकमा अनेक यात्रा गरेर पुुनः त्यही ठाउँमा फर्किन निकै गाह्रो हुनेरहेछ । मनलाई सम्झाउन निकै कठिन पनि हुनेरहेछ । शायद यो पहिलो पटक त पक्कै हैन । सशस्त्र जनयुद्धको हिमाइती भन्दै साँझ राइसकुकरमा पकाएको खाना खान नपाई बेपत्ता बनाइएको त्यो समय र आजको समय मनले नै तुलना गर्न खोज्यो । जीउ सिरिङ्ग भयो । अनेक कुराहरुले मनमा तरंग मच्चाउन थाले ।

लाग्यो, हामी त्यतिबेला पनि कमजोर थिएनौंं र आज पनि छैनौं । आफूले आफंैलाई सम्झाउने यौटा कडी न हो । समस्या त जस्ताको तस्तै छ । सोच्दा पनि मुटु दुखेर आउने । जिब्रो लर्बराएर बोल्न पनि नसकिने । यौटा प्रत्यक्ष भोग्ने मानिसभित्रको पीडा कति दर्दनाक हुन्छ त्यो शायद कसैले महसुस गर्न पनि सक्दैन ।

हुनत यो समय हाम्रो लागि मात्र हैन दुनियाकै लागि परिक्षाको समय हो । आज कोभिड–१९ ले संसार हल्लाएको छ । सबै ठप्पजस्तै बनेका हरेक संरचनाहरु पुन आफ्नो ठाउँमा फर्किन सकेका छैनन् । बल र शक्तिले अनि मिसाइल र बमले शक्तिसम्पन्न भन्नेहरु पनि यो रोगबाट घुँडा टेकेको समयमा आफूलाई नपर्दासम्मको परिस्थिति निकै फरक रहेछ । जब कुनै पनि कुरा आफूमाथि पर्छ त्यसपछिको अवस्था न सम्झाउन सक्ने हुनेरहेछ न सम्झिन सकिने । अचम्मको हुुनेरहेछ मानिसको मन पनि ।

अनेक उडानहरु भर्दै जाँदा ठप्प रोकिएको जहाजजस्तो । लामो यात्राको लागि गुडेको रेल बाटोमा रोकिएर टप्प भएजस्तो । र पनि त समस्यासँग जुध्नु नै पर्यो । समस्या र दुःखका पोयाहरु फुकाउँदै जाँदा कहिं विचरा बनिएला कहिं कायर बनिएला । फेरि पत्थरजस्तो हुन पनि कहाँ सकिनेरहेछ र ? कहिं न कहिं नचाहँदा नचाहँदै पनि फिसल्लिएर पग्लिने रहेछ । यी लामा घण्टा र सेकेण्डहरुमा मेरो मनले अनेक यात्रा गरिरहँदा अझै लामा यात्राहरुको मापन गर्न कठिन भएन । आखिर फैसला समयको न हो ।

सामान्य टाउको दुखेको केही समय भएको थियो । पेन म्यानेज गर्ने इन्जेक्सन प्रयोग गरेको बिहान तीन बजेबाट शुभलाई ज्वरो आएर कहराइरहनु भएको रहेछ । म ब्युझिएँ । यसो छाम्दा शरीर तातेको थियो । तपाईंलाई त ज्वरो आयो भनेपछि हामी दुुवैजना उठ्यौं । सिटामोल खानुभयो । ज्वरो आएपछि भुइँमा बिस्तरा लगाइदिएँ, सजिलो हुन्छ भनेर । बिहान उठेपछि नर्मल भयो । घाँटी भने अलि खराब थियो । उहाँलाई पहिल्यैबाट धेरै बोल्यो भने घाँटी सुक्ने समस्या थियो ।

हामीले कोभिड–१९ को त मतलबै गरेनौं । हामीसँग प्रत्यक्ष सम्पर्कमा नारन आचार्य सर हुनुहुन्थ्यो । उहाँसँग हामी धेरै कुरा, अन्तरंग कुरा पनि गर्छाै । विहान ब्रेकफास्ट खाइसकेपछि फेरि शरीर तात्दै गयो ज्वरो नाप्यौं सय रहेछ । मैले गिज्याएँ । तपाइलाईं त कोरोना भयोकि क्या हो, फेरि ज्वरो आयो त । अब पीसीआर चेक गरौं । हामीले ख्याल ख्यालमै नारन सरलाई फोन ग¥यौं । ओजस आयुर्वेद सेन्टरको अध्यक्ष र स्वास्थ्यक्षेत्रमै काम गर्ने भएकोले हामीले सबै स्वास्थ्यसम्बन्धी कुराहरु पनि उहाँलाई भन्ने गर्छौं । अब पीसीआर चेक गर्नुपर्छ भनेर कुरा गरिरहँदा डाक्टर भोला रिजालले फोन गर्नुभयो । तुरुन्त हस्पिटल जाउ र सबैले पीसीआर चेक गर, ढीला गर्नु हुँदैन भन्नुभयो । उहाँलाई त ज्वरो आएको पनि थाहा थिएन ।

हामीले पीसीआर चेक गर्न ढीला गर्नुहुँदैन जस्तो ठान्यौं र नारन सरलाई भन्यौं । घरमै टेस्ट लिन आउने सुविधा पनि रहेको थाहा पाएपछि हामीले घरमा नै टेस्टको लागि बोलायौं । बिहानैबाट आइसोलेसन तयार गरेर हामी तयारीमा रह्यौं । कतिखेर रिर्पोट आउला र के होला भन्ने कुराले निकै अत्यास लाग्यो ।

पाँच घण्टा बिताउन पनि पाँच युुगजस्तो लागेको समय एकजनाको रिर्पोट पोजेटिभ आएपछि मलाई लाग्यो, जमीन हल्लिरहेको छ । कतै भूकम्प त गएन ? बच्चाहरुको अगाडि अनि बिरामीको अगाडि कठोर बनेर आइसोलेसनमा आफ्नो मान्छेलाई एक्लै पठाएपछिका घण्टाहरु बिताउन कति कठिन भयो यो शब्दमा भन्न पनि सकिंदैन । हुनत दुनियाँमा समस्या र अप्ठ्यारोसँग नजुधेका मानिसहरु कमै हुन्छन् । र, पनि यो अप्ठ्यारोले पुनः शाहीकाल सम्झाउन थाल्यो । दुनियाँ चलायमान थियो जताततै गाडीहरु चलिरहेका थिए । मानिसहरु आफ्नो रफ्तारमा हिंडिरहेको समय । थिएनन् त उनी मात्र । मैले त्यतिबेला सोच्ने सोच र आजको परिवेशले फेरि मन नमीठो बनेको थियो । दिउँसोबाट नै छतका कोठाहरुलाई आइसोलेसन रुम बनाएकोले उनी एक्लै माथि छतको कोठामा गए । हामी जाने कुरा पनि भएन ।

सबै ढोकाका ह्यान्डिलहरुमा सेनिटाइज गरेर बत्ती ननिभाइ म सानो बच्चा लिएर कोठामा छिरें । समय आफ्नो गतिमा हिंडिरहेको थियो । खै, किनहो पटक्कै निद्रा लागेन । शायद बढी नै कायर बनिएछ क्यारे । अनगिन्ती कुराहरुले दिमाग सल्बलाउन लाग्यो । विगतदेखि वर्तमानसम्म नियाल्दै जाँर्दा सिंगो रात बितेर बिहानको चार बजिसकेछ । उठेर माक्स लगाएर माथि गएँ । उनी सुतिरहेका थिए । मलाई आफू निकै कमजोर भएको महसुस भयो । कुचो हातमा समाएर सिंगो घर सफा गर्न निस्कँदा फोनमा घन्टी बजिरहेको थियो । मन अताल्लिएको थियो । मानिस निकै एक्लो छ र उसले आफ्ना समस्याहरु एक्लै समाधान गर्न सक्नुपर्छ हैन भने त यो दुनिया न हो, हजारौं सवाल जवाल जवाफहरु गर्न सकिहाल्छ नि । आफूले आफैंलाई सम्झाउँदै जाँदा हजारौं सहयोगी मनहरुलाई अन्याय गरेंजस्तो लाग्यो ।

शरीर फेरि पनि तात्न थाल्यो । थर्मामिटरले तापक्रम नाप्दा सय देखिएपछि हामी घरमा बस्नुहुँदैन हस्पिटल गएर सबै चेकअप गर्नुपर्छ भन्ने सोच्यौं । डाक्टर भोला रिजाल र ओजस आयुर्वेदका अध्यक्ष नारन सरको सल्लाहमा हामी ह्याम्स हस्पिटल जाने निर्णय ग¥यौंं । बिहानको ब्रेकफास्ट गरेर हस्पिटल पुुगेपछि इमर्जेन्सी कक्षमा नै छातीको चेकअप गरेर भर्ना प्रक्रिया पूरा गरियो । यहाँसम्म आइपुग्दा घण्टा मिनेट सेकेन्डहरु आफ्नै गतिमा बगिरहेका छन् ।

हामी पनि आफूलाई संयमित राख्दै दुनियाँ लडेको कोभिडसँग लडेर यसलाई अवस्य जित्न सकिन्छ भन्नेमा तयार छौं । हतोत्साहित र कमजोर भएर हैन निडर आत्मबलको साथ यो रोगसँग लड्ने सामथ्र्य तयार गर्न हामीलाई माया गर्ने शुभचिन्तकहरु साथ र हात दिन तयार रहनुहुने सम्प्र्ण सहयोगी मनहरुसँग भावनात्मक डोरी बाँध्दै अझै बलियो बनेर फेरि एकपटक जीवनमा नयां बिहानी आउने आशा गर्दैछौ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group