ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक अर्बपतिको रोचक अवसान कथा, जोसँग वकिलको फि तिर्ने पैसा समेत छैन


एबीसी न्यूज
१३ आश्विन २०७७, मंगलबार   ५ : ४४   बजे

काठमाडौं, १३ असोज । चाइनिज बैंकबाट लिएको ७०० मिलियन डलर कर्जाको विषयमा परेको मुद्धाको सुनुवाईको क्रममा एशियाकै सबैभन्दा धनी मुकेश अम्बानीका भाई अनिल अम्बानीले यूकेस्थित एक अदालतमा सुन्दै अचम्म लाग्ने कुरा गरेका छन् ।

उनले सो क्रममा भनेका छन् कि म अहिले सामान्य मान्छेजस्तो भएको छु र अति नै सामान्य जिन्दगी गुजारिरहेको छु ।

तपाईलाई सुन्दा अचम्म लाग्ला, अहिले उनको बैंक ब्यालेन्स लाखमा सीमित बन्न पुगेको छ । एक रिपोर्टअनुसार सन् २०२० को जनवरी १ मा उनको बैंक ब्यालेन्स २१ लाख भारु मात्र रहेको थियो ।

अनिल अम्बानीले अदालतमा मुद्धा लड्ने क्रममा आफ्ना वकिलको फिस भर्न उनले गहना बेचिरहेका छन् । अम्बानीका अनुसार २०२० जनवरीदेखि जूनसम्मको अवधिमा उनले ९।९ करोड भारु बराबरको गहना बिक्री गरेका छन् । अब बिक्री गर्नलायक कुनै पनि चिज उनीसँग अब बाँकी छैन ।

आफ्नो जीवनशैलीको विषयमा बोल्दै उनले आफूसँग अहिले एउटा मात्र कार रहेको बताएका छन् । ुमैले कहिले पनि ऐसआरामको जिन्दगी बाँचेको छैन । मसँग कहिल्यै पनि महंगा गाडीहरु हुन्थेन ।ु(उनले अदालतमा भनेका छन् ।

यूनाइटेड किंगडम अदालतले २२ मेमा भनेको थियो कि अनिल अम्बानीले २१ दिनभित्र करिब ५५०० करोड भारु तीन चाइनिज बैंकलाई तिर्नुपर्नेछ ।

अनिल अम्बानीले तिर्न सकेनन् । त्यसपछि १५ जूनमा इण्डष्टियल एण्ड कमर्सियल बैंक अफ चाइनाले अनिल अम्बानीलाई आफ्नो सम्पत्तिको विषयमा विस्तृत जानकारी दिन भनेको थियो । अम्बानीले जवाफमा भनेका छन् कि अहिले उनीसँग ७४ लाख भारु बराबरको मात्र सम्पत्ति रहेको छ ।

सन् २०१२ मा अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसनले तीन चाइनिज बैंकबाट ७०० मिलियन डलर बराबरको ऋण लिएको थियो । बैंकका अनुसार यो लोनका लागि अम्बानीले पर्सनल ग्यारेण्टी दिएका थिए । तर, अम्बानीले यही कुरालाई अहिले खण्डन गरिरहेका छन् । उनले आफूले सो लोनका लागि कहिल्यै पनि पर्सनल ग्यारेण्टी नदिएको बताइरहेका छन् ।

कुनै बेला यस्तो थियो, मुकेश अम्बानी र अनिल अम्बानीको सम्पत्तिमा थोरै मात्र अन्तर रहेको थियो । २००७ मा मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति थिए र अनिल अम्बानी पनि यो सूचीमा तेश्रो नम्बरमा थिए । अहिलेको अवस्थामा मूकेश अम्बानी एशियाकै धनी तथा विश्वकै टप १० धनीभित्र रहेका छन् भने अनिल अम्बानी भने यस्ता कुनै पनि सूचीमा छैनन् । सन् २००२ मा धिरुभाई अम्बानीको मृत्युपछि यी दुई भाईबीच कलह सुरु भएको थियो र २००५ मा सम्पत्ति बाँडफाँड भएको थियो । २००७ मा अनिल अम्बानीको कुल सम्पत्ति ४५ अर्ब डलर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group