बझाङ,२२ मंसिर । प्रतिनिधिसभा सदस्यमा बझाङका वामगठबन्धन उम्मेदवार भैरवहादुर सिंह विजयी हुनुभएको छ ।
नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंह सँग ५ हजार ६५९ मतान्तरले एमाले नेता सिंह विजयी हुनुभएको हो । सिंहले २८ हजार ८८१ मत प्राप्त गर्दा नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहले २३ हजार २२२ मत प्राप्त गर्नुभएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उहाँलाई विजयी घोषणा गर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस्