ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालबाहिर रहेका समर्थकमाझ अकस्मात यसरी पुगे ट्रम्प


एबीसी न्यूज
१९ आश्विन २०७७, सोमबार   ९ : २२   बजे

काठमाडौं, १९ असोज । कोरोना संक्रमणपछि वाल्टर रिड मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार बेलुका अस्पताल बाहिर जम्मा भएका समर्थकहरुमाझ पुगेका छन् । उनी चढेको गाडी समर्थकहरुमाझबाट अगाडि बढेको थियो भने ट्रम्पले गाडीभित्रैबाट समर्थकहरुलाई हात हल्लाएका थिए ।

समर्थकमाझ यसरी आउँदा संचारमाध्यमहरुलाई पनि कुनै जानकारीदिइएको थिएन । अस्पतालबाहिर केही दर्जन समर्थकहरु उपस्थीत रहेका थिए । गाडी अत्यन्तै सुस्त गतिमा गुडाइएको थियो भने ट्रम्पलाई देखेपछि समर्थकहरु निकै उत्साहित र उत्तेजित समेत भएका थिए ।

 

यसअगाडि ट्वीटरमा एउटा भिडियो पोष्ट गर्दै उनले समर्थकमाझ आकस्मीक रुपमा उपस्थीत हुने बताएका थिए । ट्रम्पले गाडीभित्र मास्क लगाएका थिए भने उनका चालकले पनि मास्क लगाएका थिए ।

यसरी बाहिर निस्केर उनले आफ्ना समर्थकहरु, अमेरिका र विश्वलाई आफू संक्रमित भएपनि ठीकठाक नै रहेको तथा अवस्था गम्भिर नरहेको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।

बिहिबार मध्यराती कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार विहानदेखि ज्वरो आएपछि केही दिनका लागि राष्ट्रिय सैन्य चिकित्सा केन्द्र वाल्टर रिडमा भर्ना गरिएको छ ।

ट्रम्पलाई छिटोमा सोमबार अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ । ह्वाइट हाउसले ट्रम्पलाई अस्पतालमा भर्ना गर्ने कदम सावधानीका लागि लिइएको तर आपतकालिन रुपमा स्वास्थ्यमा कुनै समस्या आएका कारण नभएको ह्वाइट हाउसले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

साधारण मानिस हुनुको असह्य चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu