काठमाडौं, २० असोज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा ५९ हजारभन्दा धेरै संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा ५९ हजार ८९३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६६ लाख ८२ हजार ७३ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म ५६ लाख ५९ हजार ११० जना संक्रमणमुक्त भएका छन् भने ९ लाख १९ हजार ३६३ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ३ हजार ६०० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्