ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पका कान्छा छोरा पनि थिए कोरोना संक्रमित


एबीसी न्यूज
२९ आश्विन २०७७, बिहिबार   ११ : ३९   बजे

काठमाडौं, २९ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोन्छो छोरालाई पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको खुलेको छ । अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पले आफ्ना छोरा ब्यारोनलाई पनि कोरोना संक्रमण देखिएको पुष्टि गरेकी हुन् ।यद्यपि उनलाई कुनै लक्षण भने नदेखिएको उनको भनाइ छ । अहिले भने उनको कोरोना परीक्षणको नतिजा नोगेटिभ आएको मेलानियाले बताएकी छिन् । यसअघि नै मेलानियलाई छोरालाई कोरोना संक्रमण हुन्छ कि भन्ने डर रहेकोमा उक्त डर सत्यमा परिणत भएको बताएकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फस्र्ट लेडी मेलानिया दुवै कोरोनाबाट संक्रमित भएका थिए । त्यसका साथै ह्वाइट हाउसका धेरै अधिकारीहरुमा पनि कोरोना संक्रमण देखिएको थियो । यद्यपि अहिले भने उनीहरु निको भइसकेका छन् । डोनाल्ड ट्रम्पले पनि आफ्ना छोरा ब्यारोन छोटो समयका लागि कोरोना संक्रमित भएको बताएका थिए । ट्रम्पले कान्छो छोरा कोरोनाबाट मुक्त हुनुले अमेरिकामा विद्यालयहरु जतिसक्दो चाँडो खोल्नुपर्छ भन्ने कुरालाई जोड दिएको बताएका छन् । अहिले अमेरिकामा शिक्षक संघले ट्रम्पको योजनाको विरोध गरिरहेका छन् । ट्रम्पले कोरोना संक्रमणलाई सामान्य भन्दै विद्यार्थीहरुलाई विद्यालय पठाउनुपर्ने बताए । अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसैका लागि अहिले ट्रम्प चुनावी प्रचारको क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

आत्मदाह प्रयासपछि रौतहटका युवा उपचारका लागि काठमाडौं रिफर

सम्बन्धित

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

साधारण मानिस हुनुको असह्य चिन्ता

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu