ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किचनको चक्कुले गर्भवती महिलाको पेट काटेर बच्चा चोर्ने महिलालाई मृत्युदण्ड दिइदै


एबीसी न्यूज
२ कार्तिक २०७७, आइतबार   ९ : ४३   बजे

अमेरिकामा ७० बर्षमा पहिलोपटक महिला बन्दीलाई संघीय मृत्युदण्ड दिइने भएको छ । लिसा मोन्टगोमेरी नामकी ती महिलाले सन् २००४ मा गर्भवती महिलाको हत्या गरेर बच्चाको अपहरण गरेकी थिइन् ।

मृत्युदण्डको सजाय पाएकी मोन्टगोमेरीलाई डिसेम्बर ८ मा उक्त सजाय कार्यान्वयन गरिनेछ । उनलाई घातक इन्जेक्सनमार्फत मृत्युदण्ड दिइदैछ ।

अमेरिकामा यसभन्दा अगाडि सन् १९५३ मा बोनी हेडी नामकी महिलालाई मृत्युदण्ड दिइएको थियो । उनलाई मिजौरीमा ग्यास च्याम्बरमा राखेर मृत्युदण्ड दिइएको थियो ।

सन् २००४ मा मोन्टगोमेरी कन्सासबाट मिजौरीमा कुकुरको बच्चा किन्न बोबी जो स्टीनेटको घरमा गएकी थिइन् । घरभित्र छिर्नासाथ उनले स्टीनेटको गला दबाइन् । स्टीनेट ८ महिनाकी गर्भवती थिइन् ।

किचनको चक्कु निकालेर मोन्टगोमेरीले स्टीनेटको पेट चिरिन् । त्यसपछि पेटमा भएको बच्चालाई निकालेर भागिन् । तर उक्त बच्चाको पनि मृत्यु भयो ।

सन् २००७ मा उनलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । तर उनका वकिलले मोन्टगोमेरीलाई बच्चामा कुटपिटबाट मस्तिष्कमा क्षति पुगेको र मानसिक रुपमा बिरामी भएकाले मृत्युदण्ड दिन नहुने तर्क गरेका थिए ।

अमेरिकाको न्यायिक प्रणाली अनुशार अपराधको प्रकृति अनुशार राष्ट्रिय स्तरमा संघीय अदालतमा वा क्षेत्रीय स्तरमा राज्यका अदालतमा मुद्दा चलाइन्छ । केही अपराधहरुमा स्वत संघीय अदालतमा मुद्दा चलाउने प्रावधान रहेको छ ।

सन् १९७२ मा सर्बोच्च अदालतको एउटा निर्णयले अमेरिकामा मृत्युदण्डलाई गैरकानुनी बनाएको थियो । जस अन्तरगत सबै मृत्युदण्ड सम्बन्धी कानुनहरु रद्द गरिएको थियो ।

तर सन् १९७६ मा सर्बोच्चले राज्यहरुलाई मृत्युदण्डको कानुन पुनस्थापनाका लागि अनुमति दिएको थियो । पछि सन् १९८८ मा सरकारले कानुन पारित गरेर संघीय स्तरमा समेत मृत्युदण्ड कानुनी बनायो ।

सन् १९८८ देखि २०१८ सम्म ७८ जनालाई संघीय मुद्दामा मृत्युदण्डको फैसला सुनाइएपनि ३ जनालाईमात्र मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu