ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तिम बहसमा ‘म्युट बटन’ काे प्रयाेग, ट्रम्प र बाइडेन दुवै संयम


एबीसी न्यूज
८ कार्तिक २०७७, शनिबार   ७ : १२   बजे

काठमाडौं, ८ कात्तिक ।   अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उनका प्रतिद्वन्द्वी जो बाइडेनबीच राष्ट्रपति पदको चुनावका लागि बिहीबार भएको अन्तिम आधिकारिक बहस (प्रेसिडेन्टल डिबेट) का क्रममा म्युट बटन  को प्रयोग गरिएको भएको थियो । दुवै नेताले पहिलो बहसको विपरीत यस पटक संयम र शिष्टताको प्रदर्शन गरे ।

दुवै नेताबीचको अन्तिम बहसका क्रममा माइक्रोफोन म्युट गर्नको लागि म्युट बटन को प्रयोग गरिएको थियो । पहिलो बहसमा डोनाल्ड ट्रम्प र जो बाइडेन एकअर्कालाई आफ्नो कुरा राख्दा संयम नभएको हुँदा यस पटक म्युट बटन  को प्रयोग गरिएको हो । जसका कारण बहसको क्रममा असहज स्थिति देखिएको थियो ।

ओहियोको क्लिभल्याण्डमा भएको पहिलो बहसको क्रममा बनेको असहज स्थितिको कारण आयोजकहरुले ुम्युट बटनु को प्रयोग गर्नुपरेको थियो । नाश्भिलको बेलमन्ट विश्वविद्यालयमा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच बिहीबार राति ९० मिनेटसम्म चलेको दोस्रो र अन्तिम बहसमा क्रममा दुवै नेताले संयमताको परिचय दिए ।

यसअघि दुवै नेताबीच गएको महिना भएको पहिलो बहस आरोप प्रत्यारोपले भरिएको थियो । यस बहसमा विश्वमा महामारीको रुप लिएको कोभिड–१९, जातीय भेदभाव, अर्थव्यवस्था र जलवायु परिवर्तन जस्ता मुद्दा उठाइएका थिए ।

‘कमिसन अन प्रेसिडेनिसयल डिबेट’ ९सीपीडी० ले गएको सोमबार नयाँ नियमहरुको घोषणा गर्दै बहसमा म्युट बटन को प्रयोग हुने बताएको थियो । नियमअनुसार वक्ताहरुको माइक्रोफोन दुई मिनेटको लागि ुम्युटु गर्ने व्यवस्था गरिएको थियो, जसअनुसार उनीहरुले निर्बाध रुपमा आफ्नो सुरुवाती टिप्पणी राख्न सक्थे ।

नयाँ नियमअनुसार ट्रम्प र बाइडेनसँग बहसको प्रत्येक १५ मिनेटको खण्डको सुरुवातमा बोल्नको लागि दुई मिनेटको समय थियो । यस अवधिमा उनीहरुलाई एकअर्कालाई अवरोध गर्न सक्दैनथे । दुवै नेताले यस नियममा सहमति जनाएका थिए ।

बहसमा बाइडेनले ट्रम्प प्रशासन र त्यसको कार्यशैलीप्रति चर्को आलोचना र टिप्पणी गर्नुभएको थियो । उहाँले विशेष गरेर कोरोना महामारी व्यवस्थापन गर्न तथा नागरिक र अर्थतन्त्र जोगाउन नसकेको आरोप ट्रम्पमाथि लगाउनुभएको थियो ।

जवाफमा राष्ट्रपति ट्रम्पले बाइडेनको आरोपको खण्डन गर्दै आफ्नो कार्यकाल अत्यन्त सफल भएको दाबी गर्नुभएको थियो । उहाँले कोरोना भाइरसका विरुद्धमा लगाइने खोप केही हप्तामा आउने र महामारी पूर्णरुपमा नियन्त्रण हुने दाबी गर्नुभएको थियो ।

तर चाँडै नै खोप आएर महामारी नियन्त्रण हुने ट्रम्पको दाबीलाई भने बाइडेनले अविश्वास गर्दै उहाँले भनेजस्तो जादु नहुने टिप्पणी गर्नुभएको थियो ।

बहसका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरु कोरोना भाइरस सँगसगै बाँच्न सक्ने भइसकेको बताउनुभएको थियो ।

ट्रम्पको भनाइले महामारीविरुद्ध लड्न वा महामारीको सामना गर्न वा व्यवस्थापन गर्न ट्रम्प प्रशासनसँग कुनै योजना नरहेको पुष्टि भएको पनि बाइडेनको तर्क थियो ।

‘उहाँको कुरा सुन्ने हो र मान्ने हो भने उहाँले कोरोना भाइरसको महामारी व्यवस्थापनका लागि जादु गर्नेबाहेक अरु केही देखिएन’, बाइडेनले भन्नुभयो ।

टेनेसी राज्यको नेस्भिलमा भएको बहस कोरोनाविरूद्धको लडाइँ, अमेरिकी परिवार, जातियता, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्वलगायतका विषयमा केन्द्रित भएको थियो ।

बहसको सुरुमा यसअघिको पहिलो राष्ट्रपतीय बहसपछि पनि अमेरिकामा थप १६ हजार अमेरिकीहरुले कोरोनाका कारण जीवन गुमाएको तथ्याङ्क प्रस्तुत गरिएको थियो । त्यसपछि नै ट्रम्पको प्रस्तुति खल्लो, हल्का र अपत्यारिलो भएको टिप्पणी गरिएको छ ।

अर्का प्रतिस्पधी बाइडेनलाई भने कोरोना भाइरस उत्पत्ति गराएको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनेर सोधिएको थियो ।

जवाफमा बाइडेनले व्यापार र अर्थतन्त्रलाई जोडेर व्याख्या गर्दै चीनले अन्तर्राष्ट्रिय नियमअनुसार चलोस् भन्ने आफ्नो चाहना हुने बताउनुभएको थियो ।

पहिलो राष्ट्रपतीय बहसभन्दा यस पटकको बहस बढी व्यवस्थित र अमेरिकी मूल मुद्दाहरुमा केन्द्रित भएको थियो । अमेरिकामा राष्ट्रपतिका दुई आकाङ्क्षीलाई सँगै उभ्याएर प्रश्न सोध्ने प्रचलन छ र यो निकै लोकप्रिय हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu