ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस पटकको दशैंलाई पनि रमाएर नै बिदा गरौं


ABC NEWS
९ कार्तिक २०७७, आइतबार   ९ : १२   बजे

– शारदा शर्मा /
विश्व महामारीले दुनिया हलचल बनाएको समयमा हरेक मानिसहरुका समस्या यतिखेर साझा जस्तै छन् । सबैका पीडा र दुःखहरु यौटै जस्तो देखिएको समय नेपालीहरुको महान चाड दशैंका दिनहरु प्नि चलिरहेका छन् । यो समयमा कतिपय परिवारहरु संक्रमणको सामान्य जोखिममा हुनुहुन्छ भने कतिपय गम्भिर पनि हुुनुुहुुन्छ । परिवारका सबै सदस्यहरुलाई संक्रमण भएर आइसोलेसनमा र कतिपय परिवारका आधाउधी सदस्यहरु संक्रमणमा हुनुुहुन्छ । समय चलिरहन्छ । वर्षमा आउने यस्ता चाडबाडहरु एकवर्ष घुमेपछि फेरि सुरु हुन्छन् तर यो संक्रमणको समय संधै रहंदैन । त्यसैले यो कठिन परिबेसमा नआत्तिकन आआफ्नै ठाउमा बसेर जे जसरी हुन्छ समय ब्यतित गरौं । जे जस्तो तरिकाले सम्भव हुन्छ अरुलाई असर नगर्ने गरी आफ्नै मनभिमत्र उत्सव सिर्जना गरौं । जसले यो समस्यालाई पनि उत्सव सम्झिएर रमाउन सक्छौं हामी पक्कै पनि कोभिड मात्र हैन अनेक अप्ठ्याराहरुलाई समाधान गर्न सक्नेछौं ।
समय जटिल छ । एक्लै बस्नुपर्दाको अवस्था भनेजस्तो सजिलो पक्कै छैन । तर यसलाई यौटा साधना सम्झेर सामना गरौं । अनुकूूल भएसम्मका खुशीहरु समेट्दै यो अप्ठ्यारोको सामाना गरौं । जो जहां जसरी छौं त्यसरी नै एक्लो र शुन्य फिल नगरौं । किनभने हरेक अध्यारोंपछि उज्यालो अवष्य आउनेछ । सम्झँैं हिजो हामी कहां गयौं, कसरी रमाइलो गयौैं । कस्ता कस्ता अवस्थाहरुको फेस गर्यौं, त्यसलाई आधार बनाएर आफुभित्र नयां उमगं भरौं । आफ्नो समस्यालाई मात्र जटिल नदेखौं किनभने हामी भन्दा झन ठूलो समस्यामा छन मानिसहरु । यस्ता कुराहरुलाई ध्यानमा राखौं । सांच्चै मान्छेले आफ्ना मात्र दुखका आयतनहरु नाप्दै गयो भने ती फराकिला बन्दै जान्छन् र झनै पीडा हुन्छ । आफ्ना समस्याहरु भन्दा अरुका समस्याहरुलाई झनै जटिल देख्न थालियो भने त्यतिखेर आफ्ना समस्याहरु साना र कमजोर बन्छन् र हामीलाई पनि सजिलो हुन्छ ।
सांच्चेै हो यस पटकको दशैंमा पहिला जस्तो रमझम पक्कै छैन । मानिसहर यौटा यौटा समस्याले थिचिएको नै छ । संक्रमितको मात्र समस्या ठुलो हैन यो महामारीले हातमुख जोर्न अप्ठ्यारो भएकाहरु धेरै छन । एक छाक राम्रोसंग खान नपाउने अवस्थामा समेत संक्रमणमा परेर दुख पाइरहेकाहरु पनि धेरै छन् । यो रोगले को सानो को ठुलो भनेको छैन र भन्ने पनि छैन । यो भाइरस सबैलाई लाग्न सक्छ । लाग्न सक्छ अथवा लाग्यो भनेर आत्तिएर मानिसलाई मानिसको ब्यवहार नगर्ने, होच्याउने संक्रमण भए पनि भएको छैन भनेर हिंड्ने बेइमानी नगरौं ।
अहिलेको यो जटिल परिवेशमा संक्रमण जहां जसरी भएपनि एक अर्कालाई आरोप लगाउने यसबाट सर्यो उसबाट सर्यो भन्दा पनि सचेत भएर यसलाई सामना गर्ने हिम्मत राख्नु नै राम्रो हुुन्छ ।
एकदम संवेदनशिल समय भएकाले दशैं र टीका भन्दा पनि महत्वपुर्ण हाम्रो स्वास्थ्य हो त्यसैले भएकालाई भैहाल्यो । नभएकाहरुलाई कसरी जोगाउन सकिन्छ भनेर सोचौं । परिवार अफिस, पसल, छिमेक सबैमा यो नफैलियोस भनेर सचेत बनौं । एकअर्कालाई माया गरौं आदर गरौं । न कि कोबाट सर्यो, कसरी सर्यो भनेर हिसाब किताब गर्ने भन्दा पनि बिरामीलाई माया सम्मान र उर्जा दिउं । नलागेकोलाई कसरी जोगाउन सकिन्छ भनेर सोचौं । कम्तिमा पनि मानवीय संवेदना र भावना प्रकट गरौं । के थाहा भोली कसलाई के हुनसक्छ ? त्यसैले यसपटकको दर्शैंलाई जो जहां छौं त्यहीं रमाएर बिदा गरौं । किनकी यस्ता उत्सवहरु जीवनमा पटक पटक आउंछन् तर जीवन एकपटक निभ्यो भने त्यो कहिल्यै बल्न सक्ने छैन । सबैमा दशैंको शुुभकामना । सचेत रहौं, कोरोनालाई हराऔं ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group