काठमाडौ १३, कार्तिक । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि अन्त्य भएको छ ।
लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेका छन् । भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसंगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठानहरु खुल्ला भएका छन् ।
उनीहरुले कारोबार गर्न थालेका छन् भने कामदारहरुले काम गर्न पाएका छन् । लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क लगाउन र घरदेखि २५ किलोमिटर टाढा नजान आग्रह गरिएको छ ।
कोरोना महामारीसंगै जुलाई ९ देखि दोस्रोपटक लकडाउन गरिएको थियो । लकडाउनविरुद्ध प्रदर्शनसमेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्