काठमाडौँ, १४ कात्तिक । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४९ हजार २८१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको हो ।
संक्रमितमध्ये अहिलेसम्म ७३ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ९५ हजार १७ जनाको उपचार भइरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २१ हजार १३१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्