ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर १ को प्रदेश ‘क’ मा वाम र ‘ख’ मा नेमकिपा विजयी


admin
२५ मंसिर २०७४, सोमबार   १२ : ३३   बजे

नगरकोट, २५ मंसिर । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का हरिशरण लामिछाने विजयी हुनुभएको छ । उहाँ १२ हजार ७८९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन खत्रीले नौ हजार ९७४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, सात हजार १९ मत ल्याएर नेमकिपाका नीरज लवजू तेस्रो स्थानमा रहनुभएको छ ।

यस प्रदेशमा कूल ३८ हजार ९७६ मतदाता थिए जसमध्ये २९ हजार ३३१ मत खसेको थियो ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘ख’ मा भने नेमकिपाका उम्मेदवार सुरेन्द्रराज गोसार्इं भारी मतले विजयी हुनुभएको छ । गोसाईं २३ हजार ८८६ मत ल्याई विजयी हुनुभएको हो । वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का उम्मेदवार रोमन शिलाकार आठ हजार ६८ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभयो भने काँग्रेसका उम्मेदवार अनिल भुजू पाँच हजार ४४३ मतका साथ तेस्रो स्थानमा रहनुभयो ।

यस प्रदेशमा ५५ हजार १८८ मतदाता रहेका थिए । भक्तपुरका चार प्रदेशमध्ये यस प्रदेशमा जिल्लामै सबैभन्दा बढी मत खसेको थियो । यहाँ ७७.३१ प्रतिशत अर्थात् ४२ हजार ६६५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले आफ्ना प्रतिद्वन्द्वीको तुलनामा १० हजारभन्दा बढी मत प्राप्त गरी अग्रता लिइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu