ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापाली जनतालाई केपि ओलीको ‘धन्यवाद’


admin
२५ मंसिर २०७४, सोमबार   २ : ००   बजे

भद्रपुर, २५ मंसिर। नेकपा (एमाले) का अध्यक्ष एवं झापा निर्वाचन क्षेत्र नं ५ का नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य केपी शर्मा ओलीले झापाली जनता देशले चाहेको परिवर्तनलाई आत्मसाथ गरी देखाएको अभिमतप्रति धन्यवाद दिनुभएको छ ।

झापा जिल्ला निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ५ द्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा र प्रदेशसभाका नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा निर्वाचनमा सहयोग पु¥याउने सबैलाई हार्दिक धन्यवाद दिँदै लोकतान्त्रिक अभ्यासमा आम नागरिकले खेलेको सकारात्मक भूमिकाप्रति खुशी व्यक्त गर्नुभयो ।

निर्वाचनलाई बिथोल्न खोज्ने समूहले छिटफूट घटना गराएपनि उनीहरु जनताबाट बहिष्कृत भएका छन् भन्नुहुँदै अध्यक्ष ओलीले अहिलेको जनमत जनताले चाहेबमोजिमको परिवर्तनको अभिव्यक्ति हो भन्नुभयो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं ५ का निर्वाचन अधिकृत शकुन्तला कार्कीले नवनिर्वाचित प्रातिनिधिसभाका सदस्य केपी शर्मा ओली तथा प्रदेश सभाका सदस्यद्वय अर्जुन राई र हिक्मतकुमार कार्कीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu