ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौँडा-काठमाडौँ ‘रोपवे सञ्चालन गर्नेतर्फ सम्भाव्यता अध्ययन गरिने’


एबीसी / संवाददाता
२ पुस २०७७, बिहिबार   ६ : ३९   बजे

काडमाडौ, २ पुस । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले पुरानो एकमात्र बन्द रहेको हेटौँडादेखि काठमाडौँ जोड्ने ४२ किलोमिटर लामो रोपवेको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउन प्रदेश सरकारले गृहकार्य शुरु गरिसकेको बताउनुभएको छ ।

उहाँले  प्रदेश सरकारले रोपवे सञ्चालनमा ल्याउन गत असारमा चालु आव २०७७/०७८ को बजेट विनियोजन कार्यक्रममा समावेश गरिएनुसार अत्याधुनिक प्रविधिबाट सञ्चालनमा ल्याउनतर्फ प्राविधिकसँग अहिले छलफल भइरहेको बताउनुभयो । उहाँले प्राविधिकले दिएको सुझाव र कार्यतालिकाअनुसार बजेट विनियोजन गरी विभिन्न उपकरणका साथै केबुलतार जडान गर्न प्राविधि छिट्टै परिचालन गरिने उल्लेख गर्नुभयो ।

अमेरिकन सरकारको सहयोगमा सञ्चालित नेपाल रोपवे विसं २०२० देखि हेटौँडा–काठमाडौँको सामान ढुवानी गर्ने कार्यमा सञ्चालित रहँदै आएको थियो । हेटौँडादेखि विभिन्न स्टेशनमा केबुलतारका साथै केही उपकरणमा आएको खराबीले गर्दा विसं २०५६ जेठदेखि रोपवे सञ्चालनमा अवरोध आई बन्द गर्न बाध्यता आइपरेको थियो । काठमाडौँको टेकु, मातातीर्थ, टङ्ला हुँदै मकवानपुरको फाखेल, देउरालीलगायत सातवटा स्टेशनमा मर्मतसम्भार, नयाँ तारको केबल फेर्ने र सामान ढुवानी गर्ने ट्रली नयाँ खरिद गरी सञ्चालनमा ल्याउन प्राविधिकले सम्बन्धित निकायसँग सम्पर्क गरिरहेको भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद उप्रेतीले बताउनुभयो ।

पुरानो रोपवे सञ्चालनको अवस्थामा हेटौँडाबाट जिल्लाको फाखेल, सिस्नेरी, इपा, पञ्चकन्या, कुलेखानीका स्थानीय बासिन्दालाई दैनिक खाद्यान्न, तरकारी, लत्ताकपडा, सिमेन्ट, जस्तापाता र औषधि अत्यन्तै सुपथ मूल्यमा ढुवानी गर्दै आएको हेटौँडाका किराना व्यवसायी प्रभाकर पाण्डेले जनाउनुभयो ।

यसैगरी हेटौँडाबाट काठमाडौँको टेकुतर्फ स्थानीय व्यापारीले सिमेन्ट, खाद्यान्न, लत्ताकपडा, जस्तापाता, मार्बल, औषधि, इन्धन ढुवानी गरी सुपथ मूल्यमा पठाउने गरेको पनि मकवानपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu