ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सम्पन्न : अध्यक्षमा नेपाल चयन


एबीसी / संवाददाता
७ पुस २०७७, मंगलबार   ६ : ४९   बजे

काठमाडौं, ७ पुस । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी आचरण र संविधान विपरित काम गरेको भन्दै अध्यक्षबाट हटाउने निर्णय गरेसगै खाली रहेको पदमा नेपाललाई अध्यक्ष बनाइएको केन्द्रीय सदस्यले हिमाल शर्मा जानकारी दिनुभयो ।

बैठकले पुस ५ गते भएको संसद विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वच्छेचारी ठहर्दै भत्र्सना गरेको छ । साथै बैठकले अबिलम्ब संसदको कार्य सञ्चालन गर्न तथा  निर्णयको विरुद्धमा संघर्ष गर्ने घोषणा पनि गरेको छ ।

बैठकले स्थायी समितिमा रिक्त रहेको स्थानमा कृष्ण बहादुर महरालाई नियुक्त गर्ने स्थायी समितिको बैठकको निर्णयलाई सर्वसम्मति अनुमोदन पनि गरेको छ । बैठकमा पार्टीको आन्तरिक समस्या र समाधानका बारेमा स्थायी कमिटीका बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट प्रस्तुत प्रस्तावहरु अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ । त्यसैगरी बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले पार्टीको आन्तरिक जीवन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

अध्यक्ष प्रचण्डले पार्टी भनेको विचार र विधि भएको स्पष्ट पार्दै पार्टी एकताको मर्म अनुसार आधिकारीक प्रतिनिधित्व रहेकाले वास्तविक प्रतिनिधित्व तर्फ एकिकृत हुन आव्हान गर्नुभयो । अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा पुरा गर्नुपर्ने कार्यबारे पनि सदस्यहरुलाई दिशानिर्देश गर्नुभएको पार्टी प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै नेकपाका बरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता र कम्युनिष्ट आन्दोलन बारे स्पष्ट पार्दै भ्रममा परेका सबैलाई एकीकृत पार्टीको पक्षमा उभिन आव्हान गर्नुभयो ।  यस समुहको अर्को केन्द्रीय समिति बैठक विहिबार बिहान साढे ११ बजेका लागि बोलाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनमा बाढीपीडितका शव व्यवस्थापन चुनौतीपूर्ण, अस्थायी कोल्ड स्टोर सञ्चालनको तयारी

भोटेकोसी बाढी : २० विदेशी नागरिकसहित १२५ जनाको उद्धार

सम्बन्धित

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

१८ अर्ब डलरको सम्झौतापछि मेटामा कडा नियम, किशोरको फेसबुक–इन्स्टाग्राम प्रयोगमा दुई घण्टे सीमा

भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीको १९ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu