ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प र पुटिन भेट सकारात्मक ः लाभरोभ


admin
२५ असार २०७४, आइतबार   ११ : १९   बजे

ह्यामवर्ग (जर्मनी), २४ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ह्यामबर्गमा आयोजित जी–२० शिखर सम्मेलनका अवसरमा पहिलो प्रत्यक्ष कुराकानी भएको र उहाँहरुले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनी लगाइएको रसियाली हस्तक्षेपबारे छलफल गर्नुभएको छ ।
भेटमा ट्रम्पलाई राष्ट्रपति निर्वाचित गर्न रसियाली अधिकारी संलग्न नरहेकाबारे पुटिनले अमेरिकी राष्ट्रपतिलाई आश्वस्त पार्ने प्रयास गर्नुभएको थियो भने पुटिनको प्रस्तुतिलाई ट्रम्पले स्वीकार गर्नुभएको रसियाली विदेश मन्त्री सेर्गेइ लाभरोभले एएफ्पीलाई जानकारी गराउनुभएको छ ।
यसबारे अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनसँग सोधिएको प्रश्नमा दुईजनाबीच महवपूर्ण कुराकानी भएको भएपनि चुनावमा के भएको थियो भन्नेबारे यी दुई मुलुकहरु सहमतिमा पुग्लान् भन्नेमा अझै निश्चित नभएको बताउनुभएको छ ।
“दुई राष्ट्रपतिहरुे एकअर्कासँग असाध्यै छिटो घुलमिल हुनुभएको देखिन्थ्यो र उहाँहरूबीच ‘सकारात्मक भावना’ सिर्जना भएको देखिएको छ, अमेरिकी विदेशमन्त्री टिलरसनले भन्नुभयो ।
दुई नेताबिच सिरिया, युक्रेन र साइबर सुरक्षाका विषयमा मिलेर काम गर्ने सहमति भएको बताइएको छ ।
क्रेमलिनले यी सहमतिहरुलाई अमेरिकासँग अझ व्यापक सहकार्य गर्ने र पश्चिमा प्रतिबन्धहरु खारेज गराउने आफ्नो मुख्य लक्ष्य प्राप्तिको पहिलो कदमका रुपमा हेर्नेछ ।

पोल्यान्डमा बिहीबार भएको सञ्चारकर्मीसँगको कुराकानीमा ट्रम्पले अमेरिकी बहुसङ्ख्यक गुप्तचर निकायले सन् २०१६ को निर्वाचनमा रसियाले घुसपैठ वा हस्तक्षेप गरेको भनी निकालेको निष्कर्षलाई भने फेरि एकपटक नकार्नुभएको थियो । यस सम्बन्धमा ट्रम्पले यो रसिया हुन पनि सक्छ तर अन्य मुलुकले घुसपैठ गरेका पनि हुनसक्छन् भनी प्रतिक्रिया दिनुभएको थियो ।

“साँच्चै कसैले पनि निश्चितरूपमा थाहा पाएको छैन,” ट्रम्पले पोल्याण्डमा भन्नुभयो ।

अमेरिकी सांसद तथा केन्द्रीय अनुसन्धानकर्ताले रसियाको सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाको घुसपैठ तथा ट्रम्पका निर्वाचन अभियान सहयोगी र तत्कालीन समयमा अमेरिकामा कार्यरत रसियाली कूटनीतिज्ञबीच सम्भावित सहकार्य थियोे भनी गरिएका दाबीमाथि छानबिन गरिरहेका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group