ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली समूहको आरोप : प्रचण्ड–माधव समूहले होटलमा सांसद बन्धक बनाए


एबीसी / संवाददाता
९ माघ २०७७, शुक्रबार   २ : २०   बजे

काठमाडौं, ९ माघ ।  हेटौँडा उपमहानगरपालिका ५ को पिप्लेमा रहेको हेटौँडा रिसोर्टमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले प्रदेश सभाका सदस्यहरुलाई बन्धक बनाएर राखेको नेकपाको ओली समूहले आरोप लगाएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदलाई बिहीवार (हिजो) देखि हेटौँडा रिसोर्टमा बन्धक बनाएको मुख्यमन्त्री निकटका सांसद दीपक निरौलाले आरोप लगाउनुभयो । त्यहाँ राखिएका सांसदहरुलाई कसैलाई भेट्नसमेत नदिएको र छलफल र बैठकको बहानामा बाहिर निस्कन पनि समूहमा मात्र थोरै समय निस्कन दिएको निरौलाले बताउनुभयो । सांसदलाई बन्धक बनाउँदा उनीहरुको मानव अधिकार हनन् भएको ओली समूहका सांसदहरुले बताएका छन् ।

वाग्मती प्रदेशका भौतिक पूर्वाधार ताथ विकास मन्त्री रामेश्वर फुयाँलले भने हेटौँडा रिसोर्टमा सांसदहरुलाई के–कस्तो अवस्थामा राखिएको छ सञ्चार जगतले सत्य कुरा बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

यता प्रचण्ड समूहका संसदीय दलका उपनेतासमेत रहनुभएका प्रदेश सभाका सदस्य शालिकराम जम्कट्टेलले भने अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरु एकै ठाउँमा बस्ने संसदीय परम्परा कायम मात्र राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीहरुले संसदीय परम्पराअनुसार मुख्यमन्त्रीका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरु एउटै होटलमा बसेका हौँ । बन्धक बनाएका होइनौँ ।’ पहिले पनि आफुहरु सामूहिक रुपमा बस्ने गरेको र अहिले अविश्वास दर्ता गर्ने सबैजसो सांसदहरु एउटै होटलमा बसेको जम्कट्टेलले बताउनुभयो । ओली समूहका नेताहरुले पनि हेटौँडाको एभोेकाडो होटलमा सांसदलाई राखेको आफूहरुको जानकारीमा आएको र यहाँसँगै बस्दा बन्धक बनाएको भन्न नमिल्ने उहाँले बताउनुभयो ।

हेटौँडा रिसोर्टमा रहेका सांसदलाई भेट्नसमेत नदिएको बताउँदै ओली समूहका प्रदेश सभाका सदस्य निरौला भन्नुहुन्छ, ‘हेटौँडा रिसोर्टमा सुविधा सम्पन्न जेलमा राखिएको हो । यो भने सांसदलाई राख्ने नयाँ प्रकारको जेल नै हो । पहिलेका सङ्घीय सांसदलाई जस्तै गरी सांसद किनबेचको शृङ्खलासमेत सुरु भइसक्यो ।’

प्रचण्ड र ओली समूहका ४५ जना सांसदले मुख्यमन्त्रीका विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । यसपछि कसले बहुमत पुर्‍याउन सक्ने भन्ने रस्साकस्सी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group