ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार वर्ष पुग्दा पनि निर्माण सकिएन टिकौलीको सार्वजनिक शौचालय


admin
२५ असार २०७४, आइतबार   ४ : ४०   बजे

रत्ननगर चितवन, २५ असार । चितवनको रत्ननगरस्थित टिकौलीमा निर्माणाधीन शौचालय ४ वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन ।

मुख्यगरी सडक छेउछाउमा गाडी रोकेर शौच गर्न रोक्ने उद्देश्यले निर्माण सुरु गरिएको शौचालय निर्माण सम्पन्न नहुँदा यात्रु जैविक मार्गको संरक्षित क्षेत्र प्रयोग गर्न बाध्य छन् ।

रोटरी क्बल अफ रत्ननगरले सडकमा जथाभावी शौच गर्ने प्रवृत्ति रोक्न तथा तीर्थयात्रीका लागि शौचसहित स्नान गर्न सहज बनाउने लक्ष्यसहित यहाँ सुविधायुक्त शौचालय निर्माण शुरु गरेको थियो । आर्थिक स्रोतको व्यवस्थापन गर्न नसक्दा निर्माणमा ढिलाइ भएको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विष्णु शर्माले जानकारी दिनुभयो । रु ४८ लाखको लागत अनुमानमा यहाँ ४ वर्षअघि डा विजय न्यौपाने रोटरीको अध्यक्ष हुँदा निर्माण शुरु गरिएको थियो ।

“विगतमा निर्माणमा केही ढिलाइ भएको थियो, अहिले कामले तीव्र गति पाएको छ,” शर्माले भन्नुभयो, “आगामी दुई महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य छ ।” यहाँ सुविधायुक्त शौचालय नहुँदा जैविक मार्ग रहेको टिकौली जङ्गलमै गाडी रोकेर यात्रुले शौच गर्दै आएका छन् । आगामी साउन १ गतेदेखि गाडी रोक्न कडाइ गर्ने सूचना चितवन निकुञ्जले सार्वजनिक गरेका बेला यो आसपास क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या भएको छ ।

रोटरी क्लब अफ रत्ननगरका सदस्य पूर्ण रिजाल दशैँभित्रमा शौचालय हस्तान्तरण भइसक्ने बताउनुहुन्छ । यहाँ मुख्यगरी महिला र पुरुषका लागि अलगअलग शौचालय निर्माण गरिने योजनासहित काम भइरहेको छ । दश शौचालय, चार पिसाब गर्न मिल्ने स्थान र चारवटा स्नाककक्ष बनाउने योजनासहित ४ वर्षअघि सुविधायुक्त सार्वजनिक शौचालय निर्माण थालिएको थियो ।

विभिन्न क्षेत्रबाट मागेर आर्थिक सङ्कलन गर्नुपर्ने बाध्यताका कारण ढिलाइ भएको रिजाल बताउनुहुन्छ । शौचालय निर्माणका लागि अमेरिकामा बस्ने गौरी जोशीले रु तीन लाखभन्दा बढी रकम दिनुभएको थियो । गत वर्ष रत्ननगर नगरपालिकाले रु दुई लाख र अरु उद्योग व्यवसायीबाट समेत आर्थिक सहयोग आएको थियो । रोटरीका सदस्यहरुले रु ५, १०, २० हजार गरी सक्ने जति रकम सङ्कलन गरेर शौचालय निर्माण शुरु गरेका थिए । कुल रु ४८ लाख बजेट लाग्ने योजनासहित अहिले शौचालयको निर्माणको काम जारी छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu