ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रज्ञामा पुस्तक प्रदर्शनी जारी


एबीसी / संवाददाता
४ बैशाख २०७८, शनिबार   २ : ३६   बजे
 काठमाडौँ, ४ वैशाख :
नेपाली पाठकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नयाँ वर्ष २०७८ का अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी शुरु गरेको छ ।
  गत चैत ३१ गतेदेखि शुरु भएको प्रदर्शनी यही वैशाख १४ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानको पुस्तक बजार व्यवस्थापन प्रमुख सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुट दिइएको छ । एउटा शब्दकोश किन्दा १५ र दुई शब्दकोश किने २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।
  प्रदर्शनीमा ४२२ प्रकारका पुस्तक र १०० प्रकारका पत्रिका राखिएको छ । बाल  साहित्य, समालोचना, कोश, दर्शन, इतिहास, संस्कृति, डायस्पोरालगायत विधाका पुस्तक प्रदर्शनीमा छन् । समकालीन साहित्य, कविता, प्रज्ञा, आँगनलगायत पत्रिका पनि प्रदर्शनीमा राखिएको छ । हात हातमा प्रज्ञाका पुस्तक पु¥याउन प्रदर्शनीले सहयोग गर्ने उहाँको विश्वास छ ।
  प्रज्ञाका पुस्तक निजी क्षेत्रका व्यवसायीबाट पनि बेचबिखन गराउने उद्देश्यले टेण्डरसमेत आह्वान गर्न लागिएको छ । मोफसलसम्म पनि सहज रुपमा प्रज्ञाले प्रकाशन गरेका पुस्तक पाउने व्यवस्था गर्न लागिएको बजार व्यवस्थापन शाखा प्रमुख ढुङ्गेलले जानकारी दिनुभयो । पाठकको माग भएमा वैशाख १४ गतेपछि पनि प्रदर्शनी जारी राखिने जनाइएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

सम्बन्धित

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

प्रेमीसँग मिलेर श्रीमानको हत्या, डेढ लाखको सुपारी दिएको आरोपमा श्रीमतीसहित पाँच पक्राउ

१८ अर्ब डलरको सम्झौतापछि मेटामा कडा नियम, किशोरको फेसबुक–इन्स्टाग्राम प्रयोगमा दुई घण्टे सीमा

भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीको १९ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu